Company Detail

चिङ्गाड गाउँपालिका
चिङ्गाड गाउँपालिका
Member Since, Jul 16, 2024
Awalching, Surkhet
Login to View contact details
Login

About Company

सुर्खेत जिल्लाको उत्तर पृर्वमा रहेको यो क्षेत्र अधिकांश भुभाग पहाडी क्षेत्रले बनेको छ । साविकका, रजेना,रानीवास,मटेला,अवलचिङ्ग,पाम्का गा.वि.स हरु मिलेर चिङ्गाड गाउँपालिका बनेको छ । तुलानात्मक रुपमा गोलो आकृती भएको यो गाउँपालिकाको अक्षांश २८ ३१' ५०'' उत्तर देखि २८ ४३' ५०'' उत्तर सम्म र देशान्तर ८१ ४४' ५१'' पूर्व देखि  ८१५५' १४'' पूर्व सम्म  फैलिएको छ । हाल प्रस्तावित यस गाउँपालिकाको २०७८ सालको राष्टिय  जनगणना अनुसार कुल जनसङ्ख्या १५ हजार ६ सय जना रहेकोमा पुरुष ७ हजार ३ सय ६७ जना र  महिला ८ हजार २ सय ३३ जनारहेका छन् । भने क्षेत्रफल १७०.१ वर्ग कि मि रहेको छ। पशुपालन तथा कृषिको उच्च सम्भावना रहेको यस गाउँपालिकामा जातिय रुपमा ब्राहमण,क्षेत्री,मगरहरुको बसोबास रहेको देखिन्छ । यस क्षेत्रका समुदायले नेपाली भाषालाई मातृभाषाको रुपमा प्रयोग गरेको पाईन्छ । यस क्षेत्रमा खेतीयोग्य जमिनका अतिरिक्त ठुलो भू-भाग जंगलले ढाक्नुका साथै भिरालो जमिनले बनेको  हुँदा यस क्षेत्रका मानिसहरु जिपिकोपार्जनका लागि कृषि,पशुपालनका अतिरिक्त नोकरी व्यापार व्यावसायमा संलग्न रहेका छन्  । अहिले पनि बाह्रै महिना सडक यातायातका पहुँच बाट बंचित यस क्षेत्रकका समुदायको समथर जमिनको अत्यन्त अभाव रहेको छ। यस गाउँपालिकालाई ६ वटा वडाहरुमा विभाजन गरिएको छ । जसमा साविकको रजेना गा.वि.स. लाई वार्ड नं. १ ,रानीवास गा.वि.स.लाई वार्ड नं. २,मटेला गा.वि.स. लाई वार्ड नं. ३ र ४,अवलचिङ्ग गा.वि.स. लाई वार्ड नं. ५ र पाम्का गा.वि.स.लाई वार्ड नं. ६ मा विभाजन गरिएको छ । यस गाउँपालिकाको केन्द्रको रुपमा हाललाई साविकको अवलचिङ्ग गा.वि.स. हाल वार्ड नं. ५ लाई तोकिएको छ ।

Company Detail

  • Is Email Verified
    No
  • Total Employees
  • Established In
  • Current jobs
    0