दार्मा गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत साविकका ढाकाडाम ,भल्चौर र दार्माकोट गाविस गरी ३ वटा गा.वि.स.लाई समावेश गरी स्थापना भएको हो । यस गाउँपालिकाको कुल क्षेत्रफल जम्मा ८१.४६ वर्ग किलो मिटरमा फैलिएको छ । यस गाउँपालिकाको पूर्वमा पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका र सल्यान जिल्लाको वागचौर नगरपालिका वडा न. ४ ,पश्चिममा सल्यान जिल्लाको कुमाख गाउँपालिका ,उत्तरमा पश्चिम रुकुम र दक्षिणमा सल्यान जिल्लाको वागचौर नगर पालिका पर्दछ ।दार्मा गाउँपालिका विश्व मानचित्रमा २८° ३०ं देखी २८°५०ं उत्तरी आक्षांश र ८२° ३३' देखि ८२° ५५ंं पूर्वी देशान्तरमा रहेको छ भने समुद्री सतह देखिी १०९७ देखि २४८७ मिटर सम्मको उचाइमा अवस्थित छ ।