मध्यपश्चिम विश्वविद्यालयअन्तरगतका सम्पूर्ण संकायका सत्रान्त परीक्षा लिने निकायकोरुपमा परीक्षा व्यवस्थापन कार्यलय रहेकोछ।मिति २०७५ साल भाद्र १० गतेको मध्यपश्चिम विश्वविद्यालयको आठौ सभा भन्दा अगाडी यस कार्यालयको काम मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका विभिन्न डीन कार्यालयहरुले संचालन गरेको परीक्षाको नतिजा प्राप्त भएपछि त्यसको आधारमा ग्रेडसिटहरु तयार गर्ने र आवश्यकता अनुसार अन्य सर्टिफिकेटहरु जारी गर्ने थियो । यसका अतिरिक्त, विद्यार्थीहरुको रजिष्ट्रेशन कार्डहरु सम्वन्धित क्याम्पसहरु मार्फत वितरण गर्ने थियो ।
मध्यपश्चिम विश्वविद्यालयको आठौ सभाले हरेक संकायले संचालन गर्ने सत्रान्त परीक्षा अब उप्रान्त परीक्षा ब्यवस्थापन कार्यालयले संचालन गर्ने भन्ने ब्यवस्था गरेपछि २०७५ भाद्र पछिका सत्रान्त परीक्षाहरु परीक्षा ब्यवस्थापन कार्यालयले संचालन गर्दे आएको छ ।