Company Detail

Kankasundari Rural Municipality
Kankasundari Rural Municipality
Member Since, Jul 19, 2024
Login to View contact details
Login

About Company

नेपालको संघिय संरचना अनुसार ७५३ स्थानिय तहहरु मध्य कनकासुन्दरी गाउँपालिका नेपालको खस भाषाको उदगम थलो मानिने जुम्ला जिल्लाको सिँजा क्षेत्रको केन्द्र विन्दुमा अवस्थित रहेको छ । यस गाउँपालिकाको नामाकरण गाउँपालिकाको प्रख्यात कनकासुन्दरी मन्दिरको नामबाट भएको हो । समुन्द्री सतह देखि २५१४ मिटर मिटर सम्मको उचाई मा रहेको  कनकासुन्दरी गाउँपालिका भौगोलिक अवस्थितिका हिसावले  २९ डिग्री २४ मिनेट ४९सेकेण्ड उतरि अक्षांश र ८२ डिग्री 0 मिनेट ५५ सेकेण्ड पुर्वी देशान्तरमा फैलिएको छ । यस गाउँपालिका  जुम्ला जिल्लाको सदरमुखकाम खलंगा देखि करिव ५५ किमि दुरीमा पश्चिम भागमा रहेको छ ।यस गाउँपालिकको पुर्वमा पातारासी गाउँपालिका पश्चिममा कालिकोट जिल्लाको पलाता गाउँपालिका उतरमा मुगु जिल्लाको खत्याड गाउँपालिका र दक्षिणमा सिँजा गाउँपालिका सँग सिमाना जोडिएको छ ।जुम्ला जिल्लाको कुल भुभाग ८.११ प्रतिशल ओगट्ने  यस गाउँपालिकाले २२५.३९ वर्ग कि.मि भु-भाग ओगेटेको छ । जुम्ला जिल्लामा अवस्थित कनकासुन्दरी गाउँपालिका कर्णाली प्रदेश अन्तर्गतको उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो साविक बुम्रमाडीचौर, मालिकाबोता कनकासुन्दरी विराट र पाण्डवगुफा गा.वि.स मिलेर बनेको यो गाउँपालिकामा ८ वडा कार्यालय सँगै यहाँको भौगोलिक अवस्थिति, ऐतिहाँसिक चिनारी र प्राकृतिक तथा सास्कृतिक उत्कृष्ठता विकासका प्रचुर सम्भावना रहेको छ ।

नामाकरणको सन्दर्भमा  गाउँपालिको नामाकरण हाल वडा नं ४ मा रहेको प्रसिद्ध मन्दिर कनकासुन्दरी देविको मन्दिरको नाममा यस गाउँपालिकाको नामकरण भएको हो ।कनकासुन्दरी मन्दिर यस क्षेत्रकै प्रसिद्ध धार्मिक पिठक हो । यसका साथै यस गाउँ पालिकामा विभिन्न ८ वडा मा रहेका प्रकृतिक तथा पर्यटिकय स्थल रहेका छन ( पाण्डवगुफा, विराट दरवार, गरुडनुहनी, तिलिचौरमाई, कनकासुन्दरी मन्दिर, बुढुमस्टो मन्दिर, लामाथाडा, विष्णुदेविको मन्दिर, बुलबुले पाटन, रोत पर्यटकिय ताल, छेडे महादेव मन्दिर, जार्जगुफा ) आदि प्रख्यात पर्यटकिय स्थलहरु यस गाउँपालिकामा अवस्थित रहेका छन ।

Company Detail

  • Is Email Verified
    No
  • Total Employees
  • Established In
  • Current jobs
    0