Company Detail

कृषि विकास निर्देशनालय
कृषि विकास निर्देशनालय
Member Since, Aug 30, 2024
surkhet, karnali
Login to View contact details
Login

About Company

परिचय पहाडी १० जिल्ला रहेको कर्णाली प्रदेश भौगोलिक विविधतायुक्त छ। कुल ७९ वटा स्थानिय तह रहेको यस प्रदेशमा देशको २७९८४ square kilometers भूभाग अवस्थित छ, भने जनसंख्या १५,७०,४१८ रहेको छ । प्रदेशको कूल ग्राहस्त उत्पादनको ४५.६ प्रतिशत कृषि क्षेत्रले ओगटेको छ अत: कृषि क्षेत्र यस प्रदेशको जिविकोपार्जनको आधार रहनुका साथै आर्थिक विकासको लागि प्राथमिकता प्राप्त क्षेत्र हो । यो प्रदेश भौगोलिक विविधता र पुर्वाधार विकासको दृष्टीकोणवाट समेत कृषि विकास मार्फत समृद्धीका लागि प्रचुर सम्भावना बोकेको क्षेत्र हो । समग्र प्रदेशको कृषि क्षेत्रको नीति तथा योजना तर्जुमामा पृष्ठपोषण गर्ने, कृषि विकास कार्यक्रमहरु संचालन तथा नियामक कार्य गर्ने गराउने र मातहतका निकायहरुलाई प्रशासनिक व्यवस्थापन तथा नियमन गर्ने कार्य गर्नका लागि मिति २०७५/०६/२५ गते कर्णाली प्रदेश , भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका माननिय मन्त्री बिमला के.सी. ज्यूबाट सम्उद्घाटन गरी कर्णाली प्रदेश , भूमि व्यस्था कृषि तथा सहकारी मन्त्रालय मातहत कृषि विकास निर्देशनालय, बिरेन्द्रनगर सुर्खेत मा स्थापना भएको छ ।

Company Detail

  • Is Email Verified
    No
  • Total Employees
  • Established In
  • Current jobs
    0