मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अवलम्वन गर्दै नेपालको संविधान संम्वत २०७२ मा जारी भएपछि संविधानको भाग २३ धारा २४४ बमोजिम प्रदेशहरुमा प्रदेश लोक सेवा आयोगहरु रहने संवैधानिक व्यवस्था गरिएको छ । नेपालको संविधानको धारा २४४ अनुसार, प्रत्येक प्रदेशमा प्रदेश लोक सेवा आयोग रहने छ । प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार प्रदेश कानून बमोजिम हुने छ । संघीय संसदले कानून बनाई आधार र मापदण्ड निर्धारण गर्नेछ ।