Company Detail

Ministry of Communication and Information Technology
Ministry of Communication and Information Technology
Member Since, Aug 07, 2024
kathmandu
Login to View contact details
Login

About Company

सूचना तथा सञ्चार क्षेत्रको विकास तथा विस्तारका लागि संचार मन्त्रालयको स्थापना वि.सं. २०२८ साल साउन १ गते भएको हो । प्रशासन सुधार सम्बन्धी वि.सं. २००९ सालको प्रतिवेदनले निर्माण र संचार मन्त्रालय स्थापना गर्न सुझाव दिएअनुरुप सो मन्त्रालयको स्थापना भएको पाइन्छ। कार्य विभाजन नियमावली, २०२४ ले सूचना तथा प्रसार मन्त्रालयको व्यवस्था गरेको थियो भने सञ्चारलाई यातायात, सञ्चार र जलविद्युत मन्त्रालयमा राखेको थियो। प्रशासन सुधार आयोग, २०२५ ले सूचना र प्रसारण क्षेत्रलाई गृह, पंचायत तथा सूचना प्रशार मन्त्रालयमा बनाउन सिफारिश गरेको थियो। वि.सं. २०२६ सालमा निर्माण, सञ्चार र यातायात मन्त्रालय स्थापना भएको देखिन्छ। वि.सं. २०२८ सालमा छुट्टै सञ्चार मन्त्रालय स्थापना भएकोमा प्रशासन सुधार आयोग, २०४८ को सिफारिश बमोजिम तत्कालिन सञ्चार मन्त्रालयलाई सूचना तथा सञ्चार मन्त्रालयमा परिवर्तन गरिएको थियो।

नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ बमोजिम साविक सूचना तथा सञ्चार मन्त्रालयमा सूचना प्रविधि क्षेत्र समेत थप गरी मन्त्रालयको नाम सञ्चार तथा सूचना प्रविधि कायम गरिएको छ।

Company Detail

  • Is Email Verified
    No
  • Total Employees
  • Established In
  • Current jobs
    0