विश्वका विभिन्न मुलुकहरुले योजनावद्ध विकास प्रणालीको अवलम्बनबाट प्राप्त गरेको परिणामलाई मध्यनजर गरी नेपालमा २० औं शताव्दीको मध्य देखि केन्द्रीकृत राष्ट्रिय विकास रणनीति अवलम्बन गर्न थालियो । विकास क्रियाकलापलाई अघि बढाउनका लागि विभिन्न संस्थागत संयन्त्रको स्थापना गर्दै जाने क्रममा वि.सं. २०२८ सालमा तत्कालीन गृह एवम् पञ्चायत मन्त्रालय अन्तर्गत स्थानीय विकास विभागको स्थापना भएको थियो ।