Company Detail

Namkha Rural Municipality
Namkha Rural Municipality
Member Since, Aug 01, 2024
Humla, Karnali
Login to View contact details
Login

About Company

यस नाम्खा गाउँपालिका नेपालकाे संविधान, २०७२ काे धारा २९५  उपधारा(३) बमाेजिम कायम भएका ७५३ स्थानिय तहहरू मध्ये एक स्थानिय तह हाे । याे  कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लाकाे सुदुर उत्तर पश्चिम भागमा अवस्थित रहेकाे छ । याे चिनकाे स्वसाशित क्षेत्र तिब्बतसगँ जाेडिएकाे छ । याे क्षेत्रफलका हिसावले नेपालकाे सबैभन्दा ठुलाे गाउँपालिका हाे  जसकाे कुल क्षेत्रफल करिब २४१९.६४ वर्ग कि.मी रहेकाे छ। साविककाे हेप्का, खगालगाउँ, मुचु र लिमी गा.वि.सहरू मिली बनेकाे यस गाउँपालिकामा हाल जम्मा ६ वटा वडाहरू रहेका छन । यसकाे पुर्वमा सिमकाेट गाउँपालिका, पश्चिम र उत्तरमा चिनकाे तिब्बत क्षेत्र र दक्षिणमा बझाङ र बाजुरा जिल्ला रहेका छन । वि.स. २०७८ काे जनगणना अनुसार यस गाउँपालिकामा करिब ३५८९ जनसङख्या रहेकाे छ । यहाँ एक मात्र जाति तामाङ(लामा)हरूकाे मात्र वसाेबास रहेकाे छ ।  यिनीहरू बाैद्द धर्म मान्दछन । यस गाउँपालिकाकाे प्रत्येक टाेलहरूमा लामा जातिहरूकाे अास्थाकाे प्रतिक देवता मानिने बाैद्द गुम्बाहरू रहेका छन । यिनीहरूकाे मुख्य चाडपर्व साेनाम ल्हाेसार हाे । यहाँ  उवा, फापर, काेदाे,अालु, चिनाे, कागुनाे, मकै, स्याउ, अाेखर, चुली, खामु जस्ता खाधबालीहरू उत्पादन हुने गर्दछ । यहाँकाे जंगल सल्लाे, धुपी, भाेजपत्रले ढाकेकाे छ । यार्सागुम्बा, च्याउ, उत्तिस, कटुकी, जटामसी अादी जडिबुटीहरू यहाँकाे वन क्षेत्रमा उपलब्ध छन ।

Company Detail

  • Is Email Verified
    No
  • Total Employees
  • Established In
  • Current jobs
    0