परिचय नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान नेपालको सङ्गीत तथा नाट्य विधाको संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन एवं सर्वाङ्गीण विकास गर्न, सङ्गीत तथा नाट्य विधामा अध्ययन एवं अनुसन्धान गर्न, गराउन तथा सम्बन्धित क्षेत्रका विद्वान् तथा प्रतिभाहरुको सम्मान र कदर गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्नको लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान ऐन, २०६४ बमोजिम स्थापना भएको हो । नेपालमा गणतन्त्रको स्थापनासँगै साबिक नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा रहेका ललितकला र सङ्गीत–नाट्य तथा साहित्य विधाका निम्ति अलग्गै प्रज्ञा–प्रतिष्ठानको गठन गर्ने व्यवस्था भएपछि ‘नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान ऐन, २०६४ ’ बमाेजिम २०६७ बैशाख १० गते स्थापना भएकाे एक स्वायत्त संस्था हाे । यस प्रज्ञा प्रतिष्ठानकाे प्रमुख संरक्षक सम्माननीय प्रधानमन्त्री तथा संरक्षक माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहने व्यवस्था रहेकाे छ ।