सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठिकाँडामा वि.सं. २०१९ सालमा स्वास्थ्य केन्द्रको रुपमा स्थापना भई वि.सं. २०२४ साल तिर सुर्खेत उपत्यकामा स्थानान्तरण हुँदै वि.सं. २०२९ सालमा १५ शैय्याको जिल्ला अस्पताल, वि.सं.२०४९ सालमा २५ शैय्याको जिल्ला अस्पतामा सेवा विस्तार र वि.सं. २०६२ साल फाल्गुण ७ मा ५० शैय्याको मध्यपश्चिमाञ्चल क्षेत्रिय अस्पतालको रुपमा स्तरोन्नती हुँदै २०७५ कार्तिक १३ गते प्रदेश अस्पताल, कर्णालीको रुपमा रुपान्तरण गरी प्रदेश सरकारको मुख्य र संघीय सरकारको केही आर्थिक सहयोगमा विशेषज्ञ सेवा सहितको ३०० शैय्या सेवा विस्तार भई प्रदेश अस्पताल, सुर्खेतले सेवा प्रवाह गर्दै आईरहेको छ ।