नेपालको संविधानको धारा २४४ को उपधारा (१) मा रहेको व्यवस्था अनुसार प्रदेश निजामती सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश सभा सेवा, प्रदेश अन्य सरकारी सेवा, प्रदेश संगठित संस्थाको सेवा र स्थानीय सेवाको पदमा उपयुक्त उम्मेदवार छनौटमा स्वच्छता तथा निष्पक्षता कायम गरी योग्यता प्रणालीलाई प्रवर्द्धन गर्दै सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ र सेवामुखी बनाउने उद्देश्यका साथ कर्णाली प्रदेशको प्रदेश लोक सेवा आयोग ऐन, २०७५ को दफा ३ वमोजिम प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेश गठन भएको हो।
कर्णाली प्रदेशमा मिति २०७७ साल फागुन ६ गते प्रदेश लोक सेवा आयोगका अध्यक्ष तथा सदस्यज्यूहरुको नियुक्तीसमेत भई आयोगले पूर्णता पाएको छ। आयोगको कार्य सञ्चालन तथा व्यवस्थापनको लागि वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ मिलनचोक, सुर्खेतमा आयोगको कार्यालय स्थापना भएको छ ।