मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिव २५ किलोमिटर पूर्व दक्षिण क्षेत्रमा अवस्थित रंगेली नगरपालिकालाई नेपाल सरकारको मिति २०७१/०१/२५ गतेको निणर्यानुसार रंगेली , आमगाछी र टकुवा समावेश गरी रंगेली नगरपालिकाको रुपमा घोषणा भई तत्पश्चात नेपाल सरकारको मिति २०७३/११/२७ को पुर्नसंरचनाको निर्णयानुसार साविक रंगेली ,आमगाछी ,बविया विर्ता र दर्बेशा गा.वि.सहरु समायोजन भई रंगेली नगरपालिकाको रुपमा कार्यान्वयन एक नगरपालिका हो ।मोरङ जिल्लाकै पुरानो सदरमुकामको रुपमा परिचिति रंगेली नगरपालिकाको पूर्वमा यसै जिल्लाको सोनवर्षी नगरपालिका, पश्चिम क्षेत्रमा धनपाल थान,कटहरी र ग्रामथान गाउँपालिका उत्तरमा कानेपोखरी गाउँ पालिका,बेलबारी नगरपालिका र दक्षिणमा धनपालथान गाउँपालिका र भारतीय बोर्डरसँग सीमाना जोडिएको छ भने यस नगरपालिकाको क्षेत्रफल भने १११.७८ वर्ग कि.मि .रहेको छ ।