Company Detail

शहिद लखन गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
शहिद लखन गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
Member Since, Jul 21, 2024
Login to View contact details
Login

About Company

शहिद लखन गाउँपालिका नेपालको संविधान २०७२ को कार्यान्वयनको क्रममा स्थानीय तहको गठन आदेश वमोजिम  मिति २०७३ फागुन २७ गते गठन भएको हो । गोरखा जिल्लाको दक्षिणपूर्वी भागमा रहेको यस गाउँपालिकामा साविकका बक्राङ्ग, मनकामना, ताक्लुङ्ग, घैरुङ्ग, बुंकोट र नामजुङ्ग गा.वि.स.हरु समाबेश भइ यस गाउँपालिकाको गठन भएको हो । यसको क्षेत्रफल १४९.०३ वर्ग कि.मी. र २०७८ सालको जनगणना अनुसार यस गाउँपालिकाको  जनसंख्या  २३०७६(पुरुष १०८०७ र महिला १२२६९) रहेको छ । यस गा.पा. को सिमानामा पूर्वमा भिमसेन थापा गा.पा., गण्डकी गा.पा. र धादिङ्ग जिल्ला, पश्चिममा गोरखा न.पा. र तनहुँ जिल्ला, उत्तरमा भीमसेन थापा गा.पा र गोरखान.पा., दक्षिणमा गण्डकी गा.पा., तनहुँ र चितवन जिल्ला रहेको छ । यस गाउँपालिकामा मगर, गुरुङ्ग, नेवार, क्षेत्री, ब्राह्मण, चेपाङ्ग र दलितहरुको मुख्य बसोबास रहेको छ भने अन्य जातिमा बराम, मुस्लिम, माझी आदिको पनि बसोबास रहेको छ ।

Job Openings

Company Detail

  • Is Email Verified
    No
  • Total Employees
  • Established In
  • Current jobs
    0