कर्णाली प्रदेश अन्तरगत कालिकोट जिल्लाको पश्चिमी भागमा अवस्थित तिलागुफा नगरपालिका उच्च पहाडी विशेषता बोकेको क्षेत्र हो । कुल २६२.५६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरपालिका साविक फोइमहादेव, राँचुली, छाप्प्रे, जुविथा र चिल्खाया गाविस मिलेर बनेको हो ।