डाेल्पा जिल्ला तत्कालिन नेपालकाे मध्यपस्चिम विकास क्षेत्र अन्त्रगत पर्ने र नेपाल अधिराज्यकाे संविधान २०७२ अनुसार सिमाङकन सहित राज्य पुनर्सरचनाकाे रहि कर्णली प्रदेश मा पर्ने कर्णाली अञ्चलकाे सबै भन्दा ठ्रलाे जिल्ला हाे । नेपालकाे हिमाली क्षेत्रमा अवस्थित डाेल्पा जिल्ला २८ं२४ " -२९ंं४३" उतरी अक्षांश र ८२ं२४" -८३ं३८" पूर्वी देशान्तर सम्म फैलिएकाे छ । यस जिल्लाकाे अवस्थिती यसकाे कुल क्षेत्रफल ७८८९ वर्ग कि.मि. रहेकाे छ जुन नेपाल अधिराज्यकाे कुल क्षेत्रलफकाे ५.३८ प्रतिशत हुन आउन्छ । उच्च हिमश्रृंखला, ल्हां, लेक र खाेच वेशीहरूमा छरिएर रहेकाे छ । साविकका त्रिपुराकाेट, पाहाडा, लिकु, ल्हां, र सुं गा.वि.स संयाेजनमा हाल त्रिपुरासुन्दरी नगरपालीकाकाे निर्माणा भएकाे छ ।प्राकृतिक र भाैगाेलिकका हिसाले सुहाउदाे किसिमकाे फलफुल साथ साथै बहुमुल्य जडिबुटीकाे पाइने याे त्रिपुरासुन्दरी नगरपालीका प्राकृतिक रूपमा धनीका साथै उच्च हिम श्रिङंखला र लेक बेसिका कारण पर्यटकिय सम्भावना बाेकेकाे पाईन्छ ।