सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा-पाल) कालीकोटले यस जिल्लाका विभिन्न स्थानिय तहहरूमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आईरहेको छ । यस संस्थालाई नयाँ आर्थिक वर्ष २०८१/८२ का लागि तल उल्लेखित सेवा तथा सामाग्रीहहरू आवश्यक्ता अनुसार एकैपटक वा पटक पटक खरिद गर्नुपर्ने भएको हुँदा दिर्घकालिन सम्झौता गर्नु पर्ने भएकाले योग्य सम्भावित आपुर्तिकर्ताहहरूलाई (Supplier pre-qualification process) प्रकृयामा सम्बन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक व्यक्ति एवं संस्थाहरूबाट कार्यालय समय भित्र कार्यालयमा सुचीदर्ताको लागि यही मिति: २०८१ भाद्र १० गते (२६ अगष्ट २०२४) दिउसो ५ बजे सम्म कार्यालयमा वा ईमेल procurement.saadanepal2004@gmail.com मार्फत उल्लेखित कागजात सहित आवेदन पेश गर्न आह्रान गर्दछौं ।
सेवा तथा सामाग्री खरिद सम्बन्धि कार्यहरू:
१. परामर्श सेवाहरू: (विभिन्न विषयका लागि प्रशिक्षक, अनुवादकर्ता, लेखापरिक्षकका लागि अडिट फर्म, स्टोरी तथा भिडियो डकुमेन्ट्री र अनुसन्धानकर्ता)
२. भवन निर्माण: भवन निर्माण कार्यको लागि निर्माण व्यवसायी
३. सवारी साधन: (बस, स्कारपियो, बुलेरो, मिनि ट्रक) भाडामा लिने सम्बन्धि कार्य
४. कार्यलय मसलन्दस् स्टेशनरी तथा खेलकुद सामाग्रीको आपुर्तिकर्ताहरू
५. छपाई: (कपि, पोष्टर, किताब, डायरी, प्रमाण पत्र, ब्यानर, होर्डिङ्ग बोर्ड आदि)
६. कृषि औजार: पशु सम्बन्धि, बिउ बिजन, मल किटनाशक औवधि, बाख्रा, सुँगुर, कुखुरा आदिसँग सम्बन्धि
७. पत्रिकामा विज्ञापन: सूचना तथा सन्देश प्रसारण गर्ने र कुरियर सेवा एफ।एम।रेडीयो र टेलिभिजनबाट सूचना तथा सन्देश प्रसारण गर्ने कार्य
८. मोटरसाईकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य
९. कम्प्युटर, ल्यापटप, फोटोकपी एवं ईलेक्ट्रोनिक्स सम्बन्धि सामानहरूको आपूर्ति तथा मर्मत सम्भार गर्न
१०. फर्निचर (दराज, टेबल, कुर्चि, कार्पेट, कुसन आदि) सामानहरू आपूर्ति गर्ने कार्य
११. हार्डवयर (कर्कट पाता, सिमेन्ट, रङ्ग रोगन, शौचालयका सामाग्रीहरू र सिचाई सामाग्रीहरूको आपूर्ति सम्बन्धि
१२. खानेपानी तथा पाइपलाईन विस्तारका सामाग्रीहरू तथा फिटिङ्गस सामाग्रीहरू आपूर्ति कार्य
१३. माटो, इटा, बालुवा र गिटी आदि आपुर्तीगर्ने कार्य
१४. तालिम, बैठक तथा गोष्ठी सञ्चालनका लागि खाना तथा आवास सहितको तालिम कक्ष भएको होटलहरू
१५. समुदायमा खाना खाजा खुवाउने सम्बन्धि सेवा प्रदान गर्ने होटलहरू
१६. उद्यमशीलता तथा सीपमुलक तालिम (हाउस वाइरिङ्ग, मोबाईल तथा फोन मर्मत, सिलाई बुनाई, बुटिक) आदि सम्बन्धि तालिम प्रदान गर्ने सेवाप्रदायकहरू
१७. स्कुल पोशाक, ब्याग, कम्बल, त्रिपाल तथा कीटनाशक झुल आदि आपूर्ति गर्ने कार्य
१८. किराना, सौन्दर्य, टेलरिङ्ग, चप्पल, जुत्ता, भाडा वर्तन लगायत अन्य सामाग्रीहरू आपुर्तिकर्ताहरू
For more details. please download the below links:
Link: Self-Declaration Form
Link: Code of Conduct
दरखास्तका साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू:
यो सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण-पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।
इमेल: procurement.saadanepal2004@gmail.com