बहुसाँस्कृतिक मनोसामाजिक संस्था नेपाल (टि. पि. ओ. नेपाल) जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा दर्ता भई समाज कल्याण परिषदमा आवद्घ भएको मनोसामाजिक सु–स्वास्थ्य र मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्था हो । यस संस्थाले स्थापनाकाल देखि नै नेपालका विभिन्न जिल्लाहरूमा समुदायमा आधारित भई सामान्य तथा आकस्मिक अवस्थाहरूमा मनोसामाजिक सहयोग पु¥याउनुका साथै मनोसामाजिक तथा मानसिक स्वास्थ्यका विषयमा तालिम तथा अनुसन्धानका कार्यहरू पनि सञ्चालन गर्दै आइरहेको छ ।
हाल यस संस्थाले युनिसेफको सहयोगमा कणार्ली प्रदेशको जाजरकोट र रुकुम पश्चिम जिल्लाहरुका भूकम्प प्रभावित निम्न पालिकाहरुमा भूकम्प पश्चात रिकभरी अवस्थाका लागि बालबालिका, उनीहरुको स्याहारकर्ता तथा जोखिममा रहेका समुहहरुलाई प्रवर्धनात्मक तथा सहयोगात्मक क्रियाकलापहरुको माध्यमबाट मनोसामाजिक सु–स्वास्थ्य प्रवर्धन गर्न सञ्चालन हुन लागेको परियोजनाका लागि केही संख्यामा मनोविमर्शकर्ताहरुको आवश्यकता परेको हुँदा तल उल्लेखित योग्यता पुगेका व्यक्तिले तोकिएको मिति भित्र आवेदन पेश गर्नहुन अनुरोध गर्दछौँ ।
क्र. स. | स्थान | मनोविमर्शकर्ता माग संख्या | अवधि |
१ | भेरी नगरपालिका, जाजरकोट | १ जना | ८ महिना (डिसेम्बर २०२४ सम्म) |
२ | बारेकोट गाउँपालिका, जाजरकोट | १ जना | ८ महिना (डिसेम्बर २०२४ सम्म) |
३ | कुशे गाउँपालिका, जाजरकोट | १ जना | ८ महिना (डिसेम्बर २०२४ सम्म) |
४ | सानीभेरी गाउँपालिका, रुकुम पश्चिम | १ जना | ८ महिना (डिसेम्बर २०२४ सम्म) |
५ | चौरजहारी नगरपालिका, रुकुम पश्चिम | १ जना | ८ महिना (डिसेम्बर २०२४ सम्म) |
६ | आठबिसकोट नगरपालिका, रुकुम पश्चिम | १ जना | ८ महिना (डिसेम्बर २०२४ सम्म) |
नोटः टि. पि. ओ. नेपाल आफ्नो जनशक्ति भित्र विविधता र समावेशीकरणका लागि प्रतिबद्ध छ साथै स्थानीय, अल्पसंख्यक, आदिवासी र अपाङ्गता भएका व्यक्तिहरूलाई आवेदन दिन प्रोत्साहित गर्दछ । सबै आवेदनहरूको गोपनीयता कायम गरिनेछ । टि. पि. ओ. नेपालले यौन शोषण र दुर्व्यवहार, यौन उत्पीडन र भेदभाव लगायत कुनै पनि प्रकारको उत्पीडन सहन गर्दैन ।