अतिक्रमित वन क्षेत्र खाली गर्ने सम्बन्धी सूचना ! - डिभिजन वन कार्यालय भेरी बाबियाचौर, सुर्खेत

Published Date: 2024-06-11
Login to View Salary
Job is expired

Job Description

अतिक्रमित वन क्षेत्र खाली गर्ने सम्बन्धी सूचना !

प्रथम पटक प्रकाशित मिति २०८१/०२/२५

डिभिजन वन कार्यालय, (भेरी) बाबियाचौर, सुर्खेतको कार्यक्षेत्र अन्तर्गत सुर्खेत जिल्ला चौकुने गाउँपालिका-८, गुटु स्थित पश्चिम सशस्त्र प्रहरी बल बेश क्याम्प गुटुको पश्चिम गेट, पूर्व : सिल्की रह गाउँ, उत्तर: सिल्कीरह गाउँ र दक्षिण विशाल बजार पानी ट्यांकी र खेल मैदान यती चार किल्ला भित्रको वन क्षेत्रमा अतिक्रमण गरी वसोवास गरेकोमा पटक-पटक लिखित जानकारी गराउँदा पनि अटेर गरी उक्त वन क्षेत्र खाली नगरेको हुँदा आजका मिति देखि १५ दिन भित्र घरछाप्रो हटाई वन क्षेत्र खाली गर्नुहोला । सो नगरेमा वन ऐन २०७६ तथा वन नियमवली २०७९ बमोजिम कारवाही भई जाने व्यहोरा जानकारी गराइन्छ । साथै उक्त घर छाप्रो हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिले व्यहोर्नु पर्नेछ भनी यो सूचना प्रकाशित गरिएको छ ।

डिभिजन वन कार्यालय भेरी बाबियाचौर, सुर्खेत


x +