बाख्रा आपुर्ति सम्बन्धि टेण्डर आह्वान गरिएको सूचना - CEAD NEPAL

Published Date: 2024-05-05
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Doti, Sudurpashchim Province, Nepal
  • Company:
  • Positions:
    1
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    May 19, 2024
  • Company Overview

    Doti

    समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीले विगत १३ बर्षदेखि डोटी जिल्लाको विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा विभिन्न साझेदार संस्थाहरु सँग को साझेदारीमा सामुदायिक विकासका गतिविधिहरु संचालन गर्दै आएको छ ।  अतः यस संस्था र यूनाईटेड मिसन टु नेपाल (य... Read More

    Job Description

    बाख्रा आपुर्ति सम्बन्धि टेण्डर आह्वान गरिएको सूचना

    सूचना प्रकाशित मिति: २०८१/०१/२३

    समान पहुँच बिकास केन्द्र (सिड) नेपाल डोटीको खरिद समितिको मिति. २०८१/०१/२३ को बैठकको निर्णय अनुसार यू.एम.एन डोटी संगको साझेदारीमा बोगटान फुडसिल गाउँपालिका वडा नं २,३,५ र ६ (केदारअखडा, कानाचौर, धिर्कामाण्डौ र गगुडां) मा संचालित बालबालिका उत्थानशील विकास परियोजना अन्र्तगत समूहका सदस्यहरुको आयआर्जनमा बृद्धि गर्नका लागी बाख्रापालनमा सहयोग गर्ने योजना अन्तर्गत आवश्यक कागजतपत्रहरु सहित तपशिलमा उल्लेखित सर्त र मापदण्डको अधिनमा रही टेण्डर आह्वान गरिएकाले सुचना प्रकाशन भएको मिति देखि १५ दिन भित्र कार्यालय समयमा पेश गर्नहुन ईच्छुक योग्यता पुगेका फर्महरुको लागि यो सूचना प्रकाशित गरिएको छ ।

    विवरण

    विस्तृत विवरण (स्पेसिफिकेशन)

    माग परिणाम

    स्वस्थ, वयस्क, र प्रजनन योग्य बाख्रा

    १. बाख्राको जात: सुदूरपश्चिम पहाडी भागमा हुने खरी क्रस जातका बाख्राहरु हुनुपर्नेछ ।

    २. बाख्राको उमेर: १ बर्ष देखि १.५ बर्षको (प्रजनन् योग्य उमेर ) स्वस्थ बाख्राहुनु पर्नेछ ।

    ३. बाख्राको तौल: १८ देखि २८ के.जी भित्रको हुनु पर्नेछ । प्रति के.जी दरमा मूल्य राख्नु पर्नेछ । यदि २८ के.जी भन्दा माथी तौलको भएमा बढी तौलको मूल्य  सिड नेपाल डोटी ब्यहोर्न बाध्य हुने छैन् ।

    नोट:

    • बाख्रा ढुवानी: बाख्रा ढुवानी गर्दा उल्लेखित वडा कार्यालयहरु
    • (केदारअखडा, कानाचौर, धिर्कामाण्डौ र गगुडा) मा पुर्याउनु पर्नेछ र अतिरिक्त ढुवानी शुल्क लाग्ने वा नलाग्ने खुलाउनु पर्नेछ।
    • बाख्रा वितरण गरिने स्थानमाबाख्राको तौल लिइने र पशु स्वास्थ प्राबिधिकबाट बाख्राको स्वास्थ्य अवस्थाको जाँचगरि लिने दिने गरिनेछ । वितरण गर्ने बाख्रा पशु प्राबिधिक द्धारा स्वास्थ्य परीक्षण गरि स्वस्थ रहेको भनि प्रमाणित गरिएको कागजात उपलब्ध गराउनु पर्नेछ ।

    १८० देखी २०० वटा बाख्रा


    १. ईच्छुक सप्लायर्सले मिति २०८१।०१।२३ देखि २०८१।०२।०६ गते सम्म आफ्नो फर्मको फर्म दर्ता, नविकरण र पान तथा भ्याट दर्ता र कर चुक्ता प्रमाण र फर्मको प्रोपाईलको विधुत्तिय कपि ईमेल sushila.cead@gmail.com मार्फत प्राप्त भएपछि मात्र टेण्डर फाराम उपलब्ध गराउन सक्किनेछ ।

    २. ईच्छुक सप्लायर्सले टेण्डर रकमको २ प्रतिशतले हुन आउने रकम टेण्डर सुरक्षाको लागि बैंक ग्यारेण्टि मिति २०८१।०२।०६ गते दिउसो १२ बजे भित्र पेश गर्नुपर्ने छ भने सोही दिनको २ बजे सिड नेपालको जिल्ला कार्यालयमा टेण्डर कर्ताहरुको उपस्थितिमा टेण्डर खोलिने छ ।

    ३. छनौटमा परेको सप्लायर्स संग एक बर्षका लागि दिर्घकालिन सम्झौता गर्न सकिने छ ।

    ४. टेण्डरको पुर्ण वा आंसिक स्वीकृती गर्ने वा अस्वीकृत गर्ने सम्पुर्ण अधिकार सिड नेपालमा रहने छ ।

    ५. विगतका बर्षहरुमा रु १५ लाखभन्दा बढीको कारोवार गरेको विवरण सहित विगत २ बर्षको कर चुक्ता प्रमाण पत्र पनि टेण्डरका साथ पेश गर्नुपर्ने छ । 

    ६. टेण्डरमा संचालकको हस्ताक्षर तथा फर्मको छाप अनिवार्य हुनु पर्नेछ र रित नपुगी आएका टेण्डरहरु अमान्य हुनेछन् र टेन्डर सिलबन्दि रुपमा बुझाउनु पर्ने छ।

    ७. सम्पर्क ठेगाना: सिड नेपाल डोटी फोनं. ०९४४११०११, ९८५८४४०४११, ९८६९१७८१९२ खरिद व्यवस्थापन शाखा, सिलगढी डोटी

    ८. ईमेल: sushila.cead@gmail.com

    खरिद समिति

    सिड नेपाल, डोटी

     



    x +