फिल्ड अफिसर (Non Clinical) - DDS Salyan

Published Date: 2024-06-24
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Salyan, Karnali, Nepal
  • Company:
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Jun 30, 2024
  • Company Overview

    karnali, salyan

    दलित विकास समाज (DDS) सल्यान सन २००१ मा सल्यान जिल्लामा स्थापना भएको एक मुनाफा रहित गैर सरकारी संस्था हो । संस्थाले दलित, गरिब, विपन्न वर्ग, महिला र बालबालिकाहरुको सामाजिक, आर्थिक, स्वास्थ्य, र शिक्षाको स्थितिमा सुधार गर्दै समृद्ध, समावेसी र न्यायपुर... Read More

    Job Description

    कर्मचारी आवश्यकता सम्बन्धि सूचना

    प्रथम पटक सुचना प्रकाशन मितिः २०८१/०३/१० र आवेदन दिने अन्तिम मितिः २०८१/०३/१६

    दलित विकास समाज (DDS) सल्यान सन २००१ मा सल्यान जिल्लामा स्थापना भएको एक मुनाफा रहित गैर सरकारी संस्था हो । संस्थाले दलित, गरिब, विपन्न वर्ग, महिला र बालबालिकाहरुको सामाजिक, आर्थिक, स्वास्थ्य, र शिक्षाको स्थितिमा सुधार गर्दै समृद्ध, समावेसी र न्यायपुर्ण समाज निर्माण गर्ने लक्ष राखेको छ । आफ्नो स्थापना काल देखि नै संस्थाले सरकारी, राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंगको सहयोग र सहकार्यमा समाजमा रहेका दलित, अति विपन्न, महिला, बालबालिका र सिमान्तकृत समुदायको क्षमता विकास र मानव अधिकार अभियान मार्फत शिक्षा, स्वास्थ्य, जीविकोपार्जनको अवस्थामा सुधार गर्दै आइरहेको छ । यसै अनुरुप संस्थाले सन २०२२ देखि वन हार्ट वल्र्डवाइड (One Heart Worldwide) संगको सहकार्यमा “स्थानिय सरकारसंगको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजना” संचालन गरिरहेको छ । 

    “स्थानिय सरकारको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजना” वन हार्ट वल्र्डवाइड (One Heart Worldwide) संगको साझेदारीमा दलित विकास समाज सल्यानद्वारा विपन्न तथा सिमान्तकृत वर्ग वा क्षेत्रका गर्भवती तथा सुत्केरी महिला र तिनीहरुको नवजात शिशुको गुणस्तरीय स्वास्थ्य सेवामा सहयोग पुर्याउने उद्देश्यका साथ स्थानिय सरकारहरुसंग सहकार्य गर्दै जिल्लाका विभिन्न प्रसुती सेवा केन्द्रहरुमा संचालन गरीएको छ । उक्त परियोजनाका लागि निम्न पदमा कर्मचारी आवश्यक भएकाले यो सूचना प्रकाशन गरिएको छ ।

    विज्ञापन नंबरः ११/२०८०/८१

    पद र आवश्यक संख्याः फिल्ड अफिसर (Non Clinical), १ जना

    योग्यता अनुभव र सिपः मान्यता प्राप्त शैक्षिक संस्थाबाट जन स्वास्थ्य विषयमा स्नातक उत्तिर्ण गरी स्वास्थ्य सम्बन्धि परियोजना कार्यान्वयनको क्षेत्रमा कम्तीमा १ वर्ष कार्य अनुभव भएको, विभिन्न स्वास्थ्य सम्बन्धि सरकारी तथा गैर सरकारी क्षेत्रका सरोकारवालाहरुको लागि तालिम तथा कार्यशाला गोष्ठीहरु संचालन गर्न सक्ने, आधारभूत कम्प्युटरको ज्ञान र माइक्रोसफ्ट वर्ड र एक्सल चलाउन सक्ने (मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको क्षेत्रमा काम गरेको र मोटर साइकल चालक अनुमति पत्र भएकालाई प्राथमिकता दिइने)।

    विस्तृत कार्य विवरण दिइएको लिङ्कबाट डाउनलोड गर्नुहोस

    https://tpof=true&sd=true

    आवश्यक कागजातः आवेदकको संपर्क ठेगाना, इमेल, संपर्क नम्बर सहित विष्तृत विवरण खुल्ने अद्यावधिक गरीएको बायोडाटा, नागरिकताको प्रतिलिपी, शैक्षिक र अनुभव प्रमाण पत्रहरुको प्रतिलिपी र निवेदन । 

    परीक्षाको किसिमः लिखित (कम्प्युटर बाट) र मौखिक दुबै

    आवेदन दिने ठाउँः दलित विकास समाजको कार्यालय, शारदा न.पा. वार्ड नं. ४, साहुटोल, सल्यान वा इमेल vacancydds@gmail.com मार्फत पनि आवेदन दिन सकिने छ ।

    आवेदन दिने अन्तिम मिति र समयः २०८१/३/१६ गते तदनुसार ३० जुन २०२४ कार्यालय समय (बेलुका ५ बजे) भित्र । आवश्यक जानकारीको लागि ०८८–५२०४०७ (कार्यालयमा आइ दरखास्त बुझाउने अन्तिम दिनमा सार्वजनिक बिदा परेमा त्यसको भोलि पल्टसम्म बुझाउन सकिने र इमेल मार्फत दिने आवेदनको हकमा भने अन्तिम दिनको बेलुका ५:०० बजे भित्र प्राप्त आवेदनलाई मात्र पदपूर्ति प्रक्रियामा समावेश गरिने छ ।)

    नोटः म्याद नाघि आएका, योग्यता र तोकिएको मापदण्ड पुरा नभएका आवेदन उपर कुनै कारवाही गरिनेछैन साथै कुनै पनि कारण विना आवेदन स्वीकार गर्ने वा नगर्ने सम्पुर्ण अधिकार दलित विकास समाज सल्यानमा निहित रहेको छ । प्रारम्भिक छनौटमा परेकालाई मात्र लिखित र मौखिक परिक्षामा सामेल गराइने छ । यस संस्था यौन उत्पीडन, शोषण, दुर्व्यवहार र बाल दुव्र्यवहार रोक्नका लागि संस्थाको संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरु सहित प्रतिवद्ध रहँदै सकारात्मक विभेदिकरण नीति अवलम्बन गर्ने भएकाले स्थानिय सिमान्तकृत समुदायका महिला, दलित, अपांगता भएका र लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरुलाई आवेदन दिनका लागि अभिप्रेरित गर्दछ । कृपया आवेदनमा आफूले आवेदन दिन चाहेको पद स्पष्ट संग लेख्नुहोला ।

    x +