नेपाली गाउँका साथीहरु संस्थाको शाखा कार्यालय पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दीको लागि एक दक्ष कम्प्युटर शिक्षकको आवश्यकता परेको हुँदा इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र दरखास्त आव्हान गरिन्छ । १. संख्या: १ जना २. पद : कम्प्युटर शिक्षक ३. शैक्षिक योग्यता : विज्ञान विषय लिई स्नातक तह उत्तीण भएको अनुभवीलाई विशेष ग्राह्यता ४. परियोजना अवधि : न्युनतम१ वर्षको हुनेछ । ५. छनौट प्रक्रिया : लिखित, अन्तर्वार्ता र कक्षा अवलोकन । ६. पेश गर्नुपर्ने कागजातहरु: हस्तलिखित निवेदन, शैक्षिक योग्यताको प्रमाणपत्र, कम्प्युटर तालीमको प्रमाणपत्र, अनुभवको प्रमाणपत्र, नेपाली नागरिकताहरुको फोटोकपि र व्यक्तिगत विवरणसमेत पेश गर्नुपर्नेछ । ७. सेवा सुविधा : संस्थाको नियमानुसार ८. दरखास्त दिने मितिः २०८१/ ०१/१२ देखि १८ गतेसम्म कार्यालय समय भित्र ९. सार्वजनिक विदाको दिन कार्यालय वन्द रहनेछ । १०. निवेदन दिने अन्तिम दिन बिदा परेमा सो पश्चात खुल्ने दिनलाई अन्तिम दिन मानिने छ ।