कर्मचारी आवश्यकता सम्बन्धि सूचना । - DDS Salyan

Published Date: 2024-07-31
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Salyan, Karnali, Nepal
  • Company:
  • Type:
    Full Time
  • Shift:
    First Shift (Day)
  • Positions:
    2
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Aug 09, 2024
  • Company Overview

    karnali, salyan

    दलित विकास समाज (DDS) सल्यान सन २००१ मा सल्यान जिल्लामा स्थापना भएको एक मुनाफा रहित गैर सरकारी संस्था हो । संस्थाले दलित, गरिब, विपन्न वर्ग, महिला र बालबालिकाहरुको सामाजिक, आर्थिक, स्वास्थ्य, र शिक्षाको स्थितिमा सुधार गर्दै समृद्ध, समावेसी र न्यायपुर... Read More

    Job Description

    कर्मचारी आवश्यकता सम्बन्धि सूचना

    प्रथम पटक सुचना प्रकाशन मिति: २०८१/४/१६ र आवेदन दिने अन्तिम मिति: २०८१/४/२५

    दलित विकास समाज (DDS) सल्यान सन २००१ मा सल्यान जिल्लामा स्थापना भएको एक मुनाफा रहित गैर सरकारी संस्था हो । संस्थाले दलित, गरिब, विपन्न वर्ग, महिला र बालबालिकाहरुको सामाजिक, आर्थिक, स्वास्थ्य, र शिक्षाको स्थितिमा सुधार गर्दै समृद्ध, समावेसी र न्यायपुर्ण समाज निर्माण गर्ने लक्ष राखेको छ । आफ्नो स्थापना काल देखि नै संस्थाले सरकारी, राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंगको सहयोग र सहकार्यमा समाजमा रहेका दलित, अति विपन्न, महिला, बालबालिका र सिमान्तकृत समुदायको क्षमता विकास र मानव अधिकार अभियान मार्फत शिक्षा, स्वास्थ्य, जीविकोपार्जनको अवस्थामा सुधार गर्दै आइरहेको छ । यसै अनुरुप संस्थाले सन २०१८ देखि पढ्नको लागि कोठा (Room to Read) र सल्यान जिल्लाका  स्थानिय सरकारहरुसँगको साझेदारीमा जिल्लाका विभिन्न सामुदायिक विद्यालयहरुमा प्रारम्भिक कक्षाका बालबालिकामा पढ्ने सिप र पढ्ने बानीको विकास गरी स्वतन्त्र पाठक बनाउने उद्देश्य अनुरुप साक्षरता कार्यक्रम संचालन गरी रहेको छ । उक्त कार्यक्रमका लागि कर्मचारी आवश्यक परेकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएको मितिले १० दिन (मिति: २०८१/४/२५ गते) भित्र कार्यालय समयमा रित पुर्वक दरखास्त दिनुहुन यो सूचना प्रकाशन गरिएको छ । 

    विज्ञापन नंबर: ३ क/२०८१/८२

    पद र आवश्यक संख्या: कार्यक्रम संयोजक, १ जना

    योग्यता अनुभव र सिप:

    • मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह (शिक्षा विषय) उतीर्ण गरी कम्तिमा ३ वर्ष शिक्षा क्षेत्रको परियोजनामा कार्य अनुभव भएको । स्नातकोत्तर तह उतीर्ण गरेकोलाई प्राथमिकता दिइनेछ ।
    • शैक्षणिक सिकाइका कौशल, शिक्षक पेशागत तालिम, समुदायमा गरिने क्रियाकलाप, समुदाय परिचालन सम्बन्धि कार्य अनुभव भएको । 
    • परियोजनाका बैठक, गोष्ठी, कार्यशाला, समिक्षा बैठकहरुको लागि पालिका, जिल्ला स्तरका सरोकारवालाहरुसँग समन्वय र सहकार्य गरी व्रिmयाकलापहरु संचालन गर्ने सिप भएको । 
    • आधारभूत कम्प्युटर तालिम प्राप्त गरी माइक्रोसफ्ट वर्ड र एक्सलमा दख्खल भएको, मोटरसाइकल चालक अनुमति पत्र भएको ।
    • परियोजनाको आवश्यक प्रतिवेदनहरु नेपाली तथा अंग्रेजी दुवै भाषामा तयार गर्न सक्ने सिप भएको ।
    • कार्यक्रमको योजना तर्जुमा ,बजेट व्यवस्थापन, वित्त प्रतिवेदन तयार गर्न सक्ने सिप भएको ।
    • शिक्षा विकास तथा समन्वय इकाइ, स्थानिय पालिका, सरोकारवालाहरुसँग राम्रो समन्वय र सहकार्य गर्न सक्ने सिप भएको ।

    विस्तृत कार्य विवरण दिइएको link बाट डाउनलोड गर्नुहोस ।

    Link: https://drive.google.com/uc?export=download&id=1wTc4qgRIzDvftRiErG9drmm7oWEPnsi5

    विज्ञापन नंबर: ३ ख/२०८१/८२

    पद र आवश्यक संख्या:  वित्त तथा प्रशासन अधिकृत सहायक (Admin and Finance Associate), १ जना

    योग्यता अनुभव र सिप: मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन, वित्त, व्यवसाय प्रशासन, व्यवसाय अध्ययन विषयमा स्नातक तह उत्तिर्ण गरी गैर सरकारी तथा विकास साझेदार संस्थाको आर्थिक प्रशासन, आर्थिक प्रतिवेदन, बजेट तर्जुमा तथा प्रक्षेपण, जिन्सी सामग्री भण्डारण तथा व्यवस्थापन, आर्थिक अनुगमन, कर प्रणाली र लेखा व्यवस्थापन सम्बन्धि कार्य अनुभव भएको ।  

    विस्तृत कार्य विवरण दिइएको link बाट डाउनलोड गर्नुहोस ।

    Link: https://drive.google.com/uc?export=download&id=1JsCA3kwtZ07x5v5ggS7HR7mav8DeP2E-

    आवश्यक कागजात: आवेदकको संपर्क ठेगाना, इमेल, संपर्क नम्बर सहित विष्तृत विवरण खुल्ने अद्यावधिक गरीएको बायोडाटा, नागरिकताको प्रतिलिपी, शैक्षिक र अनुभव प्रमाण पत्रहरुको प्रतिलिपी र निवेदन । 

    परीक्षाको किसिम: लिखित (कम्प्युटर बाट) र मौखिक दुबै

    आवेदन दिने ठाउँ: दलित विकास समाजको कार्यालय, शारदा न.पा. वार्ड नं. ४, साहुटोल, सल्यान वा इमेल vacancydds@gmail.com मार्फत पनि आवेदन दिन सकिने छ ।

    आवेदन दिने अन्तिम मिति र समय: २०८१/४/२५ गते तदनुसार ९ अगस्ट २०२४ कार्यालय समय (बेलुका ५ बजे) भित्र । आवश्यक जानकारीको लागि ०८८–५२०४०७ (कार्यालयमा आइ दरखास्त बुझाउने अन्तिम दिनमा सार्वजनिक बिदा परेमा त्यसको भोलि पल्टसम्म बुझाउन सकिने र इमेल मार्फत दिने आवेदनको हकमा भने अन्तिम दिनको बेलुका ५:०० बजे भित्र प्राप्त आवेदनलाई मात्र पदपूर्ति प्रक्रियामा समावेश गरिने छ ।)

    नोट: म्याद नाघि आएका, योग्यता र तोकिएको मापदण्ड पुरा नभएका आवेदन उपर कुनै कारवाही गरिनेछैन साथै कुनै पनि कारण विना आवेदन स्वीकार गर्ने वा नगर्ने सम्पुर्ण अधिकार दलित विकास समाज सल्यानमा निहित रहेको छ । प्रारम्भिक छनौटमा परेकालाई मात्र लिखित र मौखिक परिक्षामा सामेल गराइने छ । यस संस्था यौन उत्पीडन, शोषण, दुव्र्यवहार र बाल दुव्र्यवहार रोक्नका लागि संस्थाको संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरु सहित प्रतिवद्ध रहँदै सकारात्मक विभेदिकरण नीति अवलम्बन गर्ने भएकाले स्थानिय, सिमान्तकृत समुदायका महिला, दलित, अपांगता भएका र लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरुलाई आवेदन दिनका लागि अभिप्रेरित गर्दछ । कृपया आवेदनमा आफूले आवेदन दिन चाहेको पद स्पष्ट संग लेख्नुहोला ।

     

    x +