यस श्री पञ्चकन्या मा.वि. धरान-१७, सुनसरीका लागि खुल्ला प्रतियोगिताद्वारा नि.मा.वि. तह रिक्त राहत कोटामा करार शिक्षक नियुक्त गर्ने धरान उपमहानगरपालिकाका तथा शिक्षा विकास तथा समन्वय इकाईको क्रमशः च.नं. ६६१२ मिति २०८१/०१/०५ र च.नं. १२४३ मिति २०८१/०१/०५ गतेको पत्रबाट अनुमति भएको हुँदा तपशिल अनुसार शिक्षक सेवा आयोगको ढाँचामा दरखास्त फारम भरी तोकिएको समयमा विद्यालयमा आवेदन दिन हुन सम्बन्धित सबैमा आह्वान गरिन्छ । पुनश्चः शिक्षक सेवा आयोगको फारम बाहेक अन्य फारम भरी आएको दरखास्त मान्य हुने छैन । तपशिल : १) विज्ञापन नं. : ०१/०७५/८० क) तह/श्रेणी : निम्न माध्यमिक शिक्षक, तृतीय ख) विषय : नेपाली ग) पद संख्या : १ घ) न्यूनतम शैक्षिक योग्यता: नेपाली मूल विषय लिई प्रमाण पत्र तह उत्तीर्ण र तालिम प्राप्त ङ) तलब : सरकारी तलब स्केल च) निवेदन दस्तुर : रु. ३,०००।- २) उमेर : दरखास्तको अन्तिम मितिसम्म ४० वर्ष ननाघेको ३) निवेदनको साथ संलग्न हुनुपर्ने कागजातहरु : शैक्षिक प्रमाण पत्रको प्रतिलिपि थान १ नेपाली नागरिकता को प्रतिलिपि थान १ सम्बन्धित तहको अध्यापन अनुमति पत्रको प्रतिलिपि थान १ ४) दरखास्त दिने समय २०८१/०१/११ देखि २०८१/०१/१७ गतेसम्म करार सूचीमा सूचीकृतका लागि मात्र । मिति : २०८१/०१/१८ गतेदेखि २०८१/०१/२५ गतेसम्म खुल्ला तथा राहत दुवैका लागि ५) परीक्षाको किसिम लिखित, प्रयोगात्मक तथा मौखिक ६) सम्पर्क मिति : २०८१/०१/२६ सम्र्पक नं.: ०२५-५२७०५५, ९८४२१७५०४३, ५८०४३१६११२,
नोटः १. दुवै परीक्षामा उत्तीर्ण भएकाले अनिवार्य रुपमा निरोगिताको प्रमाण पत्र पेश गर्नु पर्नेछ ।