महिला सशक्तीकरण केन्द्र डोल्पा मार्च २० मा स्थापित र मार्च २८, सन् २०१२ मा जिल्ला प्रशासन कार्यालय डोल्पामा दर्ता भएको महिलाको क्षेत्रमा काम गर्ने अग्रणी गैर सरकारी संस्था हो ।स्थापनाकाल देखि शान्ति, विकास र सुशासन, मानव अधिकार, गरिबी निवारण र सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घ संस्था, नागरिक समाज र विभिन्न स्थानीय सरकारसँगको समन्वय, सहकार्य र साझेदारीमा कर्णाली प्रदेश अन्तर्गतका जिल्लामा विपन्न, दलित, जनजाति, अल्पसंख्यक, सिमान्तकृत र पछाडि पारिएका बालबालिका, महिला, किशोरकिशोरी र विपन्न समुदायको समग्र विकासका लागि कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार, खाद्यान्न सुरक्षा, वातावरण संरक्षण, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, उत्थानशीलता, उद्यमशीलता, खानेपानी, सरसफाइ र स्वच्छता लगायत आयमूलक पूर्वाधार विकास निर्माण, सुशासन, मानव अधिकार, बाल तथा महिला अधिकार, असमानता, सामाजिक सुरक्षा, सामाजिक विभेद, बाल विवाह न्यूनीकरण, पैरवी, वकालत, बहस, शान्ति र लोकतन्त्र प्रवर्द्धनका साथै सामुदायिक संस्था, सहकारी संस्थाहरुको गठन, परिचालन र सशक्तीकरण गरी सामाजिक न्याय एवम् समतामूलक समाजको निर्माण गर्ने कार्यमा निरन्तर काम गदै आईरहेको छ ।
महिला सशक्तीकरण केन्द्र डोल्पाको आर्थिक वर्ष २०८०/८१ को संस्थाद्धारा सञ्चालित विभिन्न परियोजनाहरुको वित्तीय कारोवारको लेखा परीक्षण गर्नुपर्ने भएकाले तल उल्लेखित योग्यता पुगेको फर्मबाट विस्तृत विवरण सहित आशय पत्र पेश गर्नाको लागि सूचना आह्वान गरिएको छ ।
आवश्यक कागजातहरू:
शर्तहरू:
Detail Consultancy-Proposal-Form and ToR can be obtained from the following links:
Contact Details:
087550022/9868023410
Women Empowerment Center, Thulibheri Municipality-3, Dunai, Dolpa
खरिद समिति
महिला सशक्तीकरण केन्द्र डोल्पा