मिति २०८१/०४/२१
लेखापरीक्षण लागि आशयपत्र माग सम्बन्धी सूचना
यस ग्रामीण विकास तथा पर्यावरण संरक्षण मञ्च भिडिसेफ नेपाल २०५० सालमा स्थापना भई विभिन्न साझेदारहरूसँगको सहकार्यमा विभिन्न परियोजना मार्फत प्रभावकारी रुपमा सामुदायिक विकासका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । श्रोतको समुचित प्रयोग पारदर्शिता,जवाफदेहित र जनउत्तरदायित्व अभ्यास भिडिसेफ नेपालको पहिचालन हुन् । संस्थाको विधानको दफा अनुसार संस्थाले हरेक आर्थिक बर्षको लागि कानुन मान्यता प्राप्त स्वतन्त्र निकायबाट संस्थाको लेखापरिक्षक छनौट गर्ने अभ्यास अनुसार आर्थिक बर्ष २०८०/८१ को बार्षिक लेखापरिक्षण गर्ने ईच्छुक नेपाल चार्टड एकाउन्टेन्टस् संस्थामा दर्ता भएका लेखा व्यावसायी संस्थाहरूबाट सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र यसै सूचना उल्लेखित आवश्यक कागजातहरू सहित ईच्छापत्र पेश गर्ने हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
आवश्यक कागजातहरू
१. लेखा व्यावसायी संस्थाको Proposal / Profile
२. स्थायी लेखा नं. PAN/VAT मा दर्ता प्रमाणपत्र
३. लेखा व्यावसायी संस्था वा एकल लेखा व्यवसायी फर्म प्रमाणपत्र
४. नेपाल चार्टड एकाउन्टेन्ट संस्थाको सदस्यताको प्रमाणपत्र
५. नेपाल चार्टड एकाउन्टेन्ट पेशागत प्रमाणपत्र
६. पेशागत प्रमाणपत्र गरिएको प्रमाणपत्र
शर्तहरू
१) अडीट गर्नका लागि भिडिसेफ नेपाल कालिकोट कोकेन्द्रिय कार्यालय मान्मा र फिल्ड कार्यालय शुभकालिका ५ सुकाटिया कालिकोटमा भौतिक रुपमा उपस्थित भइ गर्नुपर्नेछ ।
२) लेखापरिक्षकले प्रतिवेदन संलग्न आथिक विवरण सँस्थाले राखेको हिसाब किताबसँग दुरुस्त भए नभएको उल्लेख गर्नु पर्नेछ ।
३) लेखापरिक्षण प्रतिवेदनमा उल्लेख गरिएका खर्च रकम कार्यक्रमको उदेश्यको परिधिभित्र रहेर खर्च भए नभएको उल्लेख गर्नु पर्नेछ ।
४) विकास साझेदार निकाय तथा सहयोग पयाउने सँस्थाहरूसँग भएका सम्भौताको परिधिमा रहेर खर्च भए नभको उल्लेख गर्नु पर्नेछ । साझेदार निकाय तथा सहयोग पुयाउने सँस्थाहरूसँग भएका सम्भौताको परिधिमा रहेर खर्च भए नभएको उल्लेख गुर्न पर्नेछ ।
सँस्थामा भए गरेका सम्पुर्ण आम्दानी खर्चका साथै जिन्सीको व्यवस्थापन जाच गर्नुपर्नेछ ।
नियमपुर्वक हुन नसकेका तथा सुधार गर्नुपर्ने क्षेत्रहरूलाई लेखा परिक्षण प्रतिवेदनमा समावेश गर्नुपर्नेछ ।
लेखाका कार्यहरु सँस्थाका विधान नियमावली निर्णय र सम्झौता पत्र अनुसार भए नभएको हेर्नुपर्नेछ ।
लेखा परिक्षण प्रतिवेदनमा उल्लेखित रकमहरू लेजरहरूमा हुनुपर्नेछ ।
अडिट प्रतिवेदन अलग आवस्यक पर्ने कार्यकमको छुटटै अडिट प्रतिवेदन तयार गरिदिनु पर्नेछ ।
Click the below link to access TOR & proposal format:
https://drive.google.com/drive/folders/1Cdl-BClOvenR4fMe8dGDyn5ghNFN0F4K?usp=sharing
प्रस्तावना यस संस्थाले उपलब्ध गरायको फाराममा भरी कार्याललय समयमा आफ्नो फर्मको लेटर प्याडमा निवेदन लेखी फर्मको डकुमेन्ट सहीत इमेल मार्फत procurement.vdsefkalikot@gmail.com मा पेश गर्नु पर्नेछ ।