MIS and Database Associate - DDS Salyan

Published Date: 2024-07-21
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Salyan, Karnali, Nepal
  • Company:
  • Type:
    Full Time
  • Shift:
    First Shift (Day)
  • Positions:
    1
  • Experience:
    2 Year
  • Gender:
    No Preference
  • Degree:
    Intermediate (10+2), Bachelor’s Degree Preferred
  • Apply Before:
    Jul 28, 2024
  • Company Overview

    karnali, salyan

    दलित विकास समाज (DDS) सल्यान सन २००१ मा सल्यान जिल्लामा स्थापना भएको एक मुनाफा रहित गैर सरकारी संस्था हो । संस्थाले दलित, गरिब, विपन्न वर्ग, महिला र बालबालिकाहरुको सामाजिक, आर्थिक, स्वास्थ्य, र शिक्षाको स्थितिमा सुधार गर्दै समृद्ध, समावेसी र न्यायपुर... Read More

    Job Description

    कर्मचारी आवश्यकता सम्बन्धि सूचना

    प्रथम पटक सूचना प्रकाशन मिति: २०८१/४/६ गते ।

    आवेदन दिने अन्तिम मिति: २०८१/४/१३

    दलित विकास समाज (DDS) सल्यान सन २००१ मा सल्यान जिल्लामा स्थापना भएको एक मुनाफा रहित गैर सरकारी संस्था हो । संस्थाले दलित, गरिब, विपन्न वर्ग, महिला र बालबालिकाहरुको सामाजिक, आर्थिक, स्वास्थ्य, र शिक्षाको स्थितिमा सुधार गर्दै समृद्ध, समावेसी र न्यायपुर्ण समाज निर्माण गर्ने लक्ष राखेको छ । आफ्नो स्थापना काल देखि नै संस्थाले सरकारी, राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंगको सहयोग र सहकार्यमा समाजमा रहेका दलित, अति विपन्न, महिला, बालबालिका र सिमान्तकृत समुदायको क्षमता विकास र मानव अधिकार अभियान मार्फत शिक्षा, स्वास्थ्य, जीविकोपार्जनको अवस्थामा सुधार गर्दै आइरहेको छ । यसै अनुरुप संस्थाले सन २०२३ देखि USAID/CARE नेपालसंगको सहकार्यमा "USAID Adolescent Reproductive Health" संचालन गरिरहेको छ । 

    यो परियोजना केयर नेपालको Association of Youth Organizations Nepal (AYON), Howard Delafield International (HDI), Jhpiego, and Nepal CRS Company संगको संयुक्त साझेदारीमा दलित विकास समाज सल्यानद्वारा १० देखि १९ वर्षका सिमान्तकृत समुदाय लगायतका किशोर किशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हासिल गर्न सक्षम बनाउन सशक्तिकरण गराउने एक पहलको रुपमा संचालित छ । यस परियोजनाको मुख्य उद्देश्य भनेको किशोर किशोरीहरुलाई प्रजनन स्वास्थ्यको बारेमा सहि र उमेर तथा लिंग अनुसार उपयुक्त जानकारी दिने, प्रजनन स्वास्थ्यको बारेमा स्वस्थ निर्णय लिनको लागि समाजमा उपयुक्त वातावरण तयार गर्ने र ति निर्णयहरुलाई स्वस्थकर व्यवहारमा रुपान्तरण गर्दे उनीहरुमा पुर्ण क्षमताको विकास गर्नु रहेको छ । यसै परियोजनाको लागि तपसिलमा उल्लेखित कर्मचारी आवश्यक भएकाले यो सूचना प्रकाशन गरिएको छ ।

    विज्ञापन नं : २/२०८१/८२

    पद:  MIS and Database Associate

    कार्य क्षेत्र: दलित बिकास समाजको कार्यालय र आवश्यकता अनुसार परियोजना लागू भएका सल्यान जिल्लाका नगरपालिकाहरुमा फिल्ड भ्रमण हुने ।

    आवश्यक संख्या: १ जना 

    आवश्यक कागजात: आवेदकको संपर्क ठेगाना, इमेल, संपर्क नम्बर सहित विस्तृत विवरण खुल्ने अद्यावधिक गरीएको बायोडाटा, नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यता र तालिम तथा अनुभवका प्रमाण पत्रहरुको प्रतिलिपी, अपांगता भएका र लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिको परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपी र निवेदन । 

    परीक्षाको किसिम: लिखित (कम्प्युटरबाट) र मौखिक दुबै

    आवेदन दिने ठाउँ: दलित विकास समाजको कार्यालय, शारदा न.पा. वार्ड नं. ४, साहुटोल, सल्यान वा इमेल vacancydds@gmail.com मार्फत पनि आवेदन दिन सकिनेछ ।

    आवेदन दिने अन्तिम मिति र समय: २०८१/४/१३ गते तदनुसार २८ जलाई २०२४ कार्यालय समय (बेलुका ५ बजे) भित्र । आवश्यक जानकारीको लागि ०८८–५२०४०७ (कार्यालयमा आई दरखास्त बुझाउने अन्तिम दिनमा सार्वजनिक बिदा परेमा त्यसको भोलि पल्टसम्म बुझाउन सकिने र इमेल मार्फत दिने आवेदनको हकमा भने अन्तिम दिनको बेलुका ५:०० बजे भित्र प्राप्त आवेदनलाई मात्र पदपूर्ति प्रक्रियामा समावेश गरिने छ ।)

    न्युनतम योग्यता, अनुभव र सिप: १८ वर्ष उमेर पुरा भई ४० वर्ष ननाघेको, मान्यता प्राप्त शैक्षिक संस्थाबाट जुनसुकै विषयमा कम्तीमा कक्षा १२ पास गरी करीव २ वर्षको कार्य अनुभवको साथै आधारभूत कम्प्युटर तालिम प्राप्त (कम्प्युटरमा माइक्रोसफ्ट वर्ड, एक्सल, पावर प्वाईन्ट, पिभोट टेवल, ईमेल इन्टरनेट चलाउन सक्ने, तथ्यांक व्यवस्थापन र संपादन गर्ने सिप भएको र दुई पाङ्ग्रे सवारी साधन चालक अनुमति पत्र भएकालाई प्राथमिकता दिइने) यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा अन्य कुनै स्वार्थको द्वन्द छ भने आवेदनका साथमा उल्लेख तथा स्वघोषणा गर्नुहुन समेत जानकारी गराइन्छ ।

    विस्तृत कार्य विवरण (Detailed Job Description) दिइएको लिङ्कबाट डाउनलोड गर्नुहोस ।

    Link: MIS and Database Associate

    नोट:म्याद नाघि आएका, योग्यता र तोकिएको मापदण्ड पुरा नभएका आवेदन उपर कुनै कारवाही गरिनेछैन साथै कुनै पनि कारण विना आवेदन स्वीकार गर्ने वा नगर्ने सम्पुर्ण अधिकार दलित विकास समाज सल्यानमा निहित रहेको छ । प्रारम्भिक छनौटमा परेकालाई मात्र लिखित र मौखिक परिक्षामा सामेल गराइने छ । यस संस्था यौन उत्पीडन, शोषण, दुव्र्यवहार र बाल दुव्र्यवहार रोक्नका लागि संस्थाको संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरु सहित प्रतिवद्ध रहँदै सकारात्मक विभेदिकरण नीति अवलम्बन गर्ने भएकाले स्थानीय सिमान्तकृत समुदायका महिला, दलित, अपांगता भएका र लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरुलाई आवेदन दिनका लागि अभिप्रेरित गर्दछ । कृपया आवेदनमा आफूले आवेदन दिन चाहेको पद स्पष्ट संग लेख्नुहोला ।

    x +