नेपाल राष्ट्र बैंककाे कर्मचारी आवश्यकता सम्बन्धि सूचना । - Nepal Rastra Bank (NRB)

Published Date: 2024-04-13
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Kathmandu, Bagmati, Nepal
  • Company:
  • Type:
    Full Time
  • Shift:
    First Shift (Day)
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Apr 27, 2024
  • Company Overview

    Baluwatar Kathmandu, Nepal

    Nepal Rastra Bank (NRB), the Central Bank of Nepal, was established in 1956 under the Nepal Rastra Bank Act, 1955, to discharge the central banking responsibilities including guiding the development of the embryonic domestic financial sector. Since e... Read More

    Job Description

    राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति सम्बन्धी सूचना


    यस बैंकमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताको आधारमा पदपूर्ति गर्नुपर्ने भएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, नेपाल राष्ट्र बैंकबाट जारी बैंक वा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली २०७४, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति सम्बन्धी कार्यविधि २०८०, समेतका व्यवस्था अनुसार देहायको न्यूनतम शैक्षिक योग्यता र कार्य अनुभव हासिल गरेका इच्छुक योग्य नेपाली नागरिकहरूबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ (एक्काइस) दिनभित्र (कार्यालय समयभित्र, सो दिन बिदा परेमा भोलिपल्ट कार्यालय खुलेको दिन कार्यालय समयभित्र) यस बैंकको केन्द्रीय कार्यालय, सिंहदरबार प्लाजा, काठमाडौँमा रहेको सञ्चालक समितिको सचिवालयमा दरखास्त पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

    १. न्यूनतम शैक्षिक योग्यता र कार्य अनुभव:

    (१) व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखा शास्त्र, तथ्याङ्क शास्त्र, लेखा,

    गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको,

    (२) चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौदिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, तथ्याङ्क शास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, सङ्गठित संस्था, विश्वविद्यालय वा त्यस्ता कार्य गर्ने अन्तर्राष्ट्रिय सङ्घ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दस वर्षको कार्य अनुभव गरेको, (३) कार्यकारी प्रमुखको नियुक्तिको सम्बन्धमा नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड पूरा गरेको।

    २. दरखास्त साथ पेस गर्नुपर्ने कागजात तथा विवरणहरू :

    (१) उम्मेदवारले दरखास्त पेस गर्दा दरखास्त फाराम, शैक्षिक योग्यता, कार्य अनुभव पुष्ट्‌याई गर्ने कागजात, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, इमेल, टेलिफोन, मोबाइल नम्बर, घर र/वा कार्यालयको ठेगाना सहितको विस्तृत वैयक्तिक विवरण (Bio-Data) को प्रत्येक्त पानाको अन्तमा उम्मेदवारले दस्तखत गरी दुई प्रति पासपोर्ट साइजको फोटो सहित छुट्टै खाममा सिलबन्दी गरी पेस गर्नुपर्नेछ ।
    (२) उम्मेदवारले आफ्नो दरखास्त साथ व्यावसायिक कार्ययोजना छुट्टै खाममा सिलबन्दी गरी पेस गर्नुपर्नेछ । सिलवन्दी व्यावसायिक योजनाको भित्री पृष्ठमा उम्मेदवारले पहिचान खुल्ने गरी नाम वा कुनै सङ्केत लेख्न पाइनेछैन ।
    (३) उम्मेदवारले दरखास्त पेस गर्दा कुनै निकायमा सेवारत भएमा सेवारत निकायको विभागीय स्वीकृक्ति संलग्न गर्नुपर्नेछ ।
    (४) नेपाली नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र तथा कार्य अनुभव पुष्ट्‌याई गर्ने कागजातहरूको प्रतिलिपि आवेदक स्वयंले प्रमाणित गरी दरखास्त साथ पेस गर्नुपर्नेछ। विदेशी विश्वविद्यालयबाट अध्ययन गरेका उम्मेदवारले त्रिभुवन विश्वविद्यालयबाट प्राप्त गरेको समकक्षताको प्रमाणपत्र समेत पेस गर्नुपर्नेछ ।

    ३. दरखास्त साथ निम्न लिखित व्यहोरा आवेदक स्वयंले प्रमाणित गरी संलग्न गर्नुपर्ने :

    (१) कुनै राजनीतिक दलको सदस्य नभएको ।
    (२) यस बैंक सँगको ठेक्कापट्टा वा कुनै चल अचल सम्पत्ति सम्वन्धी कारोबारमा आफै वा आफ्नो परिवारको कुनै सदस्यको संलग्नता नभएको वा यस बैंकसँग निजी स्वार्थ नभएको । (३) भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहर नभएको ।
    (४) टाट नपल्टेको वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको एवं दामासाहीमा नपरेको । (५) कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश नभएको ।
    (६) आर्थिक वर्ष २०७९/८० को कर चुक्ता प्रमाणपत्र । (७) आफ्नो नाममा व्यक्तिगत बेरुजु बाँकी नरहेको ।
    (८) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन, नेपाल राष्ट्र बैंकबाट जारी भएको बैंक वा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली, २०७४ तथा अन्य प्रचलित नेपाल कानूनद्वारा अयोग्य नरहेको ।

    ४. व्यावसायिक कार्य योजना पेस गर्नुपर्ने :

    उम्मेदवारले आफ्नो दरखास्त साथ ५ हजार शब्दमा नबढ्ने गरी अनुसूची बाहेक) तयार गरिएको तीन प्रति व्यावसायिक कार्य योजना (Business Plan) र सोको Soft Copy (Pen Drive) समेत सिलबन्दी गरी पैस गर्नुपर्नेछ। व्यावसायिक कार्ययोजना तयार गर्दा प्रमुख कार्यकारी अधिकृतका लागि तोकिए‌को कार्यक्षेत्रगत सर्तहरू (TOR) र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति सम्बन्धी कार्यविधि २०८०, मा रहेका व्यावसायिक कार्य योजनामा पेस गर्नुपर्ने बुँदाहरू समेतका आधारमा तयार पारिए‌को हुनुपर्नेछ ।

    ५. छनोटका आधार तथा प्रक्रिया:

    (१) उम्मेदवारको शैक्षिक योग्यता, कार्य अनुभव र पेस भएको व्यावसायिक कार्य योजनाको मूल्याङ्कनमा कम्तीमा ६० (साठी) प्रतिशत अङ्क प्राप्त गर्ने उम्मेदवारहरूमध्ये सबैभन्दा बढी अङ्क प्राप्त गर्ने \सम्भव भएसम्म ५ (पाँच जनाण) उम्मेदवारलाई छनोट (सर्ट लिस्टिङ) गरी व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट गरिनेछ। सर्ट लिस्टिङमा परेका उम्मेदवारले तोकिएको मिति र समयमा व्यावसायिक कार्य योजनाको प्रस्तुति समेत गर्नुपर्नेछ। तर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन, नेपाल राष्ट्र बैंकबाट जारी भएको बैंक वा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली, २०७४, बमोजिम मापदण्ड नपुगेका, तोकिएको कागजात पेस नगर्ने तथा रीतपूर्वक दरखास्त प्राप्त नभएका उम्मेदवारलाई सर्ट लिस्टिङ गरिनेछैन ।

    (२) उपदफा (१) अनुसार छनोट भएका उम्मेदवारहरूमध्ये शैक्षिक योग्यता, कार्य अनुभव, व्यावसायिक कार्य योजनाको मूल्याङ्कन र व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता समेतमा प्राप्त अनुको योग्यताको आधारमा उच्चतम अङ्क प्राप्त गर्ने तीन जनालाई वर्णानुक्रमानुसार सञ्चालक समिति समक्ष सिफारिस गरिनेछ ।

    (३) चार वटाभन्दा कम दरखास्त परेमा उक्त दरखास्तलाई कायमै राखी म्याद सकिएको ३ (तीन) कार्यदिनभित्र थप १५ (पन्ध्र) दिनको म्याद दिई दरखास्त दिने सूचना प्रकाशित गरिनेछ। थप भएको म्यादभित्र समेत चार वटाभन्दा बढी दरखास्त प्राप्त नमएमा जति दरखास्त प्राप्त भएको छ सोही बमोजिम नै प्रक्रिया अगाडि बढाइनेछ ।

    (४) प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारले आफ्नो शैक्षिक योग्यता, कार्य अनुभव. नेपाली नागरिकताको प्रमाणपत्र एवं दरखास्त साथ पेस गरेको अन्य कागजातहरूको सक्कल प्रति साथ लिई प्रस्तुतीकरण तथा अन्तर्वातांका लागि उपस्थित हुनुपर्नेछ ।

    ६. पारिश्रमिक सम्बन्धी विवरण:

    प्रमुख कार्यकारी अधिकृतलाई करारमा उल्लेख भएका सर्तहरू बमोजिम मासिक पारिश्रमिक, भत्ता तथा अन्य सुविधा सञ्चालक समितिले तोके बमोजिम उपलब्ध गराइनेछ ।

    ७. अन्य विवरण :

    (१) प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति सम्वन्धी कार्यविधि, २०८० तथा दरखास्त फाराम यस बैंकको वेवसाइटबाट प्राप्त गर्न सकिनेछ ।

    (२) सिलबन्दी व्यावसायिक कार्य योजनामा उम्मेदवारको पहिचान देखिने गरी नाम वा कुनै सङ्केत लेख्न पाइनेछैन ।

    (३) दरखास्त पेस गर्दा त्वामको जाहिर "राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त/व्यावसायिक कार्य योजना" भन्ने उल्लेख गरेको हुनुपर्नेछ ।

    (४) यो सूचना बमोजिम प्राप्त भएका दरखास्त उप समितिले कुनै कारण उल्लेख गरी वा नगरी रद्द गर्न सक्नेछ। (५) मुठ्ठा विवरण वा कागजात पेस गरेमा प्राप्त दरखास्त रद्द हुनुका साथै प्रचलित कानून बमोजिम आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइनेछ ।

    ( ६) यस सम्बन्धी थप जानकारीका लागि यस बैंकको केन्द्रीय कार्यालयको सञ्चालक समितिको सचिवालयमा स्वयं आएर वा फोन नं. ०१-५७२१२२० (एक्स्टेन्सन २०१७, २८१९, २०१५) मा सम्पर्क गर्न सकिनेछ ।
    x +