प्रस्ताव पत्र आह्वान - Women Empowerment Action Forum Nepal

Published Date: 2024-07-09
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Birendranagar, Surkhet, Karnali, Nepal
  • Company:
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Jul 15, 2024
  • Company Overview

    Dailekh

    Women Empowerment Action Forum (WEAF) was established in 2060 B.S. dated 2060/12/29 with registration No.130/060/061 at District Administration Office, Dailekh. It was affiliated with Social Welfare Council, Kathmandu with registration no.17716/061/0... Read More

    Job Description

    स्थानीय शासन प्रक्रियामा युवा संलग्नता प्रवर्धन (प्रोयेल) परियोजना

    तेश्रो पक्षीय वित्तीय सहयोग (Financial Support to the Third Parties) अन्तर्गत

    नवीनतम खोज पत्रकारिता प्रवर्धनका लागी

    प्रस्ताव पत्र आह्वान

    १. परिचय:

    युरोपियन युनियनको बित्तीय सहयोगमा हेल्भेटास नेपाल र महिला शसक्तिकरण मन्च नेपाल, दैलेखको साझेदारीमा कर्णाली प्रदेशको गुराँस गाउँपालिका तथा डुंगेश्वर गाउँपालिका (दैलेख), लेकवेसी नगरपालिका तथा सिम्ता गाउँपालिका (सुर्खेत) तथा भेरी नगरपालिका (जाजरकोट) मा स्थानीय शासन प्रक्रियामा युवा संलग्नता प्रवर्धन (प्रोयेल) परियोजना संचालन गरररहेको छ । यस परियोजनाले स्थानीय शासन प्रकृयामा युवा संलग्नतालाई संस्थागत हुने वातावरण सिर्जना गर्न सहजीकरण गर्ने लक्ष्य राखेको छ ।

    तेश्रो पक्षीय वित्तीय सहयोग (Financial Support to the Third Parties) यस परियोजनाको एक महत्वपुर्ण अवयव हो । यसको मुख्य उद्देश्य सम्बन्धित स्थानीय तहहरुमा सुशासन प्रवर्दनको लागि स्थानीय संघ संस्थाहरु बिशेष गरि युवाहरुले नेतृत्व गरिरहेको संस्थाहरुलाई सृजनात्मक नविन कृयाकलापहरु उपपरियोजनाको रुपमा संचालन गर्न सहकार्य गर्नु रहेको छ । यसै क्रममा खोज पत्रकारितामा रुचि राख्ने युवाहरुलाई आफ्नो स्थानीय सवालहरुमा बिभिन्न खोजमूलक मिडिया समाग्रीहरु (लेख, रचना, शब्दचित्र तथा भिडियो) तयार गर्न प्रोत्साहन गर्नका लागी यो प्रस्ताव आह्वान गरिएको छ ।

     २. नवीनतम खोज पत्रकारिता प्रवर्धनको उद्देश्यहरु 

    • कर्णाली प्रदेशका युवा पत्रकारहरुलाई खोजमुलक पत्रकारिता गर्न प्रोत्साहन गर्ने । 
    • दबिएर रहेका बिभिन्न स्थानीय मुद्दाहरु/सवालहरुलाई खोज पत्रकारिताको माध्यमबाट बिभिन्न सरोकारवालाहरुको ध्यानाकर्षण गराउन । 
    • स्थानीय सरकारको असल अभ्यासहरु प्रवर्धन गर्न । 
    • सुशासन तथा जवाफदेहिता सम्बन्धी समसामयिक सवालहरुलाई रचनात्मक लेखहरुको माध्यमबाट उठान गर्न ।

    ३. तेश्रो पक्षीय बित्तीय सहयोग प्रयोजनको लागि अपेक्षित तेस्रो पक्षहरु

    • कर्णाली प्रदेशमा क्रियाशील युवाहरुले नेतृत्व गरिरहेको संचार क्षेत्र संग सम्बन्धित संघ संस्थाहरु (Print Media/Electronic Media) ।

    ४. उप परियोजनाको भौगोलिक कार्यक्षेत्र:

    • तेश्रो पक्षीय वित्तीय सहयोगबाट कार्यान्वयन गर्ने यस नविनतम खोज पत्रकारिता प्रर्वदन उप-परियोजनामा कर्णाली प्रदेश भित्रका सुशासनका समसामयिक सवालहरुलाई उठान गर्न सकिनेछ ।

    ५. उप परियोजनाको अवधि 

    • तेश्रो पक्षीय वित्तीय सहयोगबाट कार्यान्वयन गरिने यस उप-परियोजनाको अधिकतम अवधि ४ महिना हुनेछ।

    ६. उप परियोजनाहरूको बजेटको सीमा:

    • अधिकतम रु. २,५०,०००/- (रु. दुई लाख पचास हजार मात्र) कर सहित प्रस्ताव गर्न सकिने छ ।

    ७. न्यूनतम योग्यता:

    • बैधानिक रुपमा कर्णाली प्रदेशमा दर्ता भएको । 
    • बार्षिक लेखापरिक्षण गराउने गरेको ।

    ८. प्रस्ताव पत्रसाथ पेश गर्नुपने कागजातहरु 

    • निवेदन ।
    • संलग्न ढाँचामा तयार गरिएको प्रस्ताव पत्र ।
    • प्रस्ताव पेश गने संस्थाको बैठकको निर्णय प्रतिलिपि ।
    • संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
    • अघिल्लो आर्थिक बर्षको लेखा परीक्षण प्रतिेवेदन ।

    ९. प्रस्ताव पत्र बुझाउने अन्तिम मिति:

    माथि उल्लेखित कागजातहरु सहितको प्रस्ताव पत्र १५ जुलाई २०२४ सम्ममा प्राप्त भई सक्नुपर्नेछ । उक्त मिति पछि प्राप्त प्रस्तावनाहरुलाई छनौट प्रकृयामा समावेश गरिने छैन ।

    १०. प्रस्ताव पत्र पेश गर्ने स्थान:

    प्रस्ताव पत्र महिला शसक्तिकरण मन्च नेपालको केन्द्रिय कार्यालय नारायण नगरपालिका - १, हाईस्कुल दैलेख र प्रदेश कार्यालय बिरेन्द्रनगर - १०, शान्तिनगरमा पेश गर्नुपर्नेछ ।

    अथवा weafnepal2004@gmail.com मा ईमेल गर्न सक्नुहुनेछ ।

    प्रस्ताव ढाँचाको लागि, कृपया तलको लिङ्क डाउनलोड गर्नुहोस्:

    Link: Proposal Format

    यस प्रस्ताव पत्र आह्वानको बारेमा थप जानकारीको लागि महिला शसक्तिकरण मन्च नेपालमा सम्पर्क गर्न वा तल दिईएको टेलिफोनबाट जानकारी लिन सक्नुहुनेछ ।

    महिला शसक्तिकरण मन्च नेपाल
    सम्पर्क नम्बर: ०८९-४२०२३१, ९८५६०६५२२२
    x +