वागमती प्रदेशको रामेछाप जिल्लामा अवस्थित यो मन्थली नगरपालिका रामेछाप जिल्लाको सदरमुकाममा अवस्थित छ । यस मन्थली नगरपालिकाले २११.७७ वर्ग किलो मिटर (२११७७ हेक्टर) छेत्रफल ओगटेको छ । यस नगरपालिकाको पूर्वमा रामेछाप नगरपालिका¸पश्चिममा खाँडादेवी र दोरम्बा...
Read More
मन्थली नगरपालिकाको सेवा करारमा कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७६ बमोजिम देहायका पदका लागि खुला प्रतिस्पर्धाको माध्यमबाट सेवा करारमा जनशक्ति व्यवस्थापन गर्नु पर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले देहाय बमोजिमका कागजातहरु सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिन (दरखास्त दिने अन्तिम दिन २०८१/०२/१२ गते सार्वजनिक बिदा परेमा विदा पश्चात कार्यालय खुलेको पहिलो दिनः भित्र कार्यालय समयमा लोक सेवा आयोगबाट निर्धारित दरखास्त फारम भरी यस नगरपालिकाको कार्यालयमा पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।