सेवा करारमा कर्मचारी आवश्यकता सम्वन्धी सूचना । - Tulsipur Sub-Metropolitan City

Published Date: 2024-05-26
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Tulsipur, Rapti, Nepal
  • Company:
  • Type:
    Full Time
  • Shift:
    First Shift (Day)
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    May 26, 2024
  • Company Overview

    तुलसीपुर दाङ

    तुलसीपुर उपमहानगरपालिका विश्वमानचित्रमा उत्तरी गोलाद्धमा अवस्थित रहेको छ भने नेपालको पश्चिमी भेगमा रहेको दाङ जिल्लामा पर्दछ । तुलसीपुर उपमहानगरपालिकाको अधिकांश भुभाग समथर जमिन र केही क्षेत्र पहाडि भुभागको रुपमा रहेको छ । यसको करिब ७० प्रतिशत भुभाग दा... Read More

    Job Description

    ( प्रथम पटक प्रकाशित मितिः २०८१।०२।१३)
    नेपाल सरकारको संधीय सशर्त स्वास्थ्य कार्यक्रम क्षयरोग मुक्त नेपाल अभियान अन्तगर्त यस तुलसीपुर उपमहानगरपालिका क्षयरोग आधारभुत व्यवस्थापन इकाई संचालन गर्नका लागि देहायको पदमा सेवा करारमा कर्मचारी लिनुपर्ने भएको हुँदा योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुवाट दरखास्त आह्वान गरिएको छ ।

    सि‍.न‌: विज्ञापन नं. पद तह पद स‌ंख्या परिक्षा दस्तुर न्युनतम शैक्षिक याेग्यता परिक्षाकाे किसिम
    कार्यक्रम संयोजक (क्षयरोग मुक्त अभियान) अधिकतृ छैठाैँ रु‍. १०००/- मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा जनस्वास्थ्य वा स्वास्थ्य विज्ञानमा स्नातक तह उतिर्ण गरि नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता तथा नविकरण भएको संक्षिप्त सूची, लिखित परिक्षा र अन्तरवार्ता

    तपसिल

    १. उमेरः दरखास्त दिने अन्तिम मितिसम्म २१ वर्ष उमेर पुरा भई ४० वर्ष ननाघेको र महिलाको हकमा २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको ।
    २. नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको ।
    ३. समकक्षता निर्धारण गर्नुपर्ने शैक्षिक योग्यताको हकमा समकक्षता निर्धारण गरेको ।
    ४. पारिश्रमीक तथा सेवा सुबिधा अधिकृत छैठौ तहको शुरु तलब स्केल वरावर तथा अन्य सुविधा नियमानुसार।
    ५. दरखास्त दिने मितिः सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र र उक्त दिन बिदा परेमा खुलेको पहिलो दिन।
    ६. दरखास्त फाराम : कार्यालयको वेवसाइटः www.tulsipurmun.gov.np माउपलब्ध हुनेछ ।
    ७. दरखास्त दिने स्थान तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिको कार्यालय तथा इमेल मार्फत पठाउन सकिनेछ । दरखास्त फाराम सहित निवेदकले CV समावेश गर्नुपर्नेछ ।
    ८. परिक्षा केन्द्र : तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिको कार्यालय ।
    ९. परिक्षा सम्बन्धि कार्यक्रम दरखास्त दिने अन्तिम मिति पछि प्रकाशन गरिनेछ ।
    १०. आवेदकले लिखित निवेदनको साथमा शैक्षिक योग्यता, अनुभव खुल्ने आवश्यक कागजातहरु पेश गर्नुपर्नेछ । तोकिएको योग्यता नपुगेका आवेदकहरुलाई परिक्षामा समावेश गरिने छैन। ११. यस सम्वन्धि विस्तृत जानकारीको लागि यस कार्यालयको प्रशासन तथा जनशक्ति विकाश शाखामा सम्पर्क राख सकिनेछ ।
    १२. परिक्षामा छोटो सुचीमा छनौट भएका उम्मेदवारलाइ मात्र सहभागी गराइने छ ।
    १३. परिक्षार्थीले यस कार्यालयको आन्तरिक राजश्व खातामा परिक्षा दस्तुर जम्मा गरेको भौचर पेश गर्नुपर्ने छ।

    x +