यस श्री विजया माध्यमिक विद्यालय दुल्लू नगरपालिका ७ खालिचाखा दैलेखको वि.व्य.स. को मिति २०८१/०१/११ को निर्णय र दुल्लू नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखा दैलेखले मिति २०८१/०१/१७ गतेको च.नं. २१२६ को शिक्षक राख्ने अनुमति पत्र अनुसार माध्यमिक तह नेपाली विषयमा एम.एड वा सो सरहको शैक्षिक योग्यता भएको शिक्षकको आवश्यकता परिपूर्तिका लागि एक (१) जना शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले नेपाली नागरिकहरूमध्येबाट रित पूर्वकको दरखास्त दिनहुन सात (७) दिने विज्ञापन प्रकाशन गरिएको छ। सो बमोजिम दरखास्त दिन हुन सूचित गरिन्छ ।
तपसिलः १. विज्ञापन नं.: ०२-२०८०/०८१ २. दरखास्त दिने मितिः २०८१/०२/०४ देखि १० गते ४ बजेसम्म । ३. पद संख्याः १ (एक) ४. पदः माध्यमिक शिक्षक ५. शैक्षिक योग्यताः मान्यता प्राप्त विश्वविद्यालयबाट एम. एड. नेपाली विषयमा उत्तीर्ण शिक्षक एक (१) जना। ६. उमेरः २१ वर्ष पूरा भइ ४० वर्ष ननाघेको। ७. तह/श्रेणीः माध्यमिक सो सरह । ८. तलव स्केलः विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार हुनेछ। ९. सेवाको किसिमः विद्यालयको निजी शिक्षक । १०. दरखास्त दस्तुरः २,०००/- (दुई हजार मात्र) ११. परीक्षाको किसिमः लिखित तथा अन्तरवार्ता । १२. परीक्षाको पाठ्यक्रमः शिक्षक सेवा आयोगको माध्यमिक तहको शिक्षक छनौट परीक्षा । १३. सम्पर्क मितिः २०८१/०२/१२ गते । १४. परीक्षा हुने मितिः सम्पर्क मितिको दिन तोकिने छ । १५. निवेदन साथ पेस गर्नुपर्ने आवश्यक कागजातहरू क. नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि २/२ प्रति । ख. माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रमाणित प्रतिलिपि २/२ प्रति । ग. शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि २/२ प्रति । घ. वैयक्तिक विवरण (Bio-Data) २/२ प्रति ।
थप जानकारीका लागिः श्री विजया माध्यमिक विद्यालय दुल्लू-७, खालिचाखा, दैलेख मोबाइल नं.: ९८५८०५१७५२