प्रस्तुत विषयमा कञ्चन गाउँपालिका वडा नं १ स्थित श्री प्रगति माध्यमिक विद्यालयको मिति २०८१/०१/०९ गते बसेको वि. व्य. स. को वैठकको निर्णय तथा कञ्चन गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयको च. नं. १७२० मिति २०८१/०१/१० को प्राप्त पत्रको अनुमति अनुसार यस विद्यालयमा रिक्त रहेका तपसिलमा उल्लेखित शिक्षक दरबन्दीमा तपसिलको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले तपसिल अनुसारका सर्तहरूको अधिनमा रही बिज्ञापन प्रकाशन भएको मितिले १५ दिन भित्र यस विद्यालयमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ।
तपसिल विज्ञापन नं. ०६/०८०/०८१ १. पदः शिक्षक (१ जना) २.तहः निम्न माध्यमिक तह (राहत कोटा) ३. विषयः गणित ४. किसिमः करार ५. आवश्यक न्यूनतम योग्यताः गणित विषयमा +२ वा सो सरह उत्तीर्ण ■ परीक्षाको किसिमः लिखित र अन्तर्वार्ता उमेरः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको दरखास्त दिने अन्तिम मितिः २०८१/०१/२४ गते र सो दिन सार्वजनिक विदा परेमा भोलिपल्ट वा कार्यालय खुलेको पहिलो दिन। दरखास्त दस्तुरः रू १०००।- (अक्षरूपी एक हजार रूपैयाँ मात्र)
सम्पर्क मितिः २०८१/०१/२४ गते साझ ४ बजे पछि परीक्षा मितिः सम्पर्क मितिमा तोकिने छ। ■ तलब स्केलः नेपाल सरकारको प्रचलित नियमानुसार दरखास्त साथ यस विद्यालयमा पेश गर्नुपर्ने कागजातहरूः (क) शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि (ख) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि (ग) अध्यापन अनुमति पत्रको प्रतिलिपि (घ) व्यक्तिगत विवरण शिक्षक सेवा आयोगबाट प्रकाशित पछिल्लो करार सुचिमा नाम रहेको उमेदवारबाट आवेदन परेमा अन्य आवेदकहरूको आवेदन फिर्ता गरिने छ।
थप जानकारीको लागिः ९८५७०८९५०६, ९८६४४१५१२८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
श्री प्रगति माध्यमिक विद्यालय कञ्चन १. बेलभरिया, रुपन्देही