उपरोक्त सम्बन्धमा शिक्षा, युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका सुर्खेतको मिति २०८०/०१/२० को पत्र संख्या २०८०/०८१ च.नं. ५०४५ को प्राप्त सिफारिस पत्र र शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतको मिति २०८१/०१/२० मा प्राप्त पत्र संख्या २०८०/०८१ को च.नं. १२५३ प्राप्त विज्ञापन अनुमति पत्रअनुसार र यस विद्यालयको मिति २०८१/०१/२१ को विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार यस विद्यालयमा रिक्त रहेको नि.मा.वि. तहको गणित/विज्ञान राहत करार शिक्षक नियुक्ति गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित भएको मितिले सात (७) दिनभित्र शिक्षक सेवा आयोगको करार सूचीमा सूचीकृत उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिन्छ । उक्त निर्धारित समयभित्र कुनै पनि आवेदन नपरेमा त्यसपछि मिति २०८१/०१/२८ देखि २०८१/०२/०४ सम्म योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।
तपसिलः १. विज्ञापन नं.: २०८०/०८१/०२ २. संख्याः १ ३. तहः निम्न माध्यमिक ४. विषयः गणित/विज्ञान ५. शैक्षिक योग्यताः मान्यता प्राप्त शैक्षिक संस्था वा विद्यालयबाट विज्ञान विषयमा कम्तीमा आइ. एस्सी वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने । ६. दरखास्त दस्तुरः रू. १,०००/- ७. उमेरः १८ वर्ष पूरा भइ ४० वर्ष ननाघेको । ८. परीक्षाको किसिमः लिखित/मौखिक ९. तलबः नेपाल सरकारको प्रचलित नियम अनुसार। १०. दरखास्त मितिः २०८१/०१/२७ गते ४:०० बजेसम्म करार सूचिका र २०८१/०१/२८ देखि २०८१/०२/०४ गते ४:०० बजेसम्म खुल्ला उम्मेदवारको लागि। ११. परीक्षा मितिः सम्पर्क मितिपछि तोकिनेछ ।
आवश्यक कागजातहरूः नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि २ प्रति । शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि २ प्रति । स्थायी अध्यापन अनुमति पन्त्रको प्रतिलिपि २ प्रति ।
अन्य जानकारीका लागिः श्री आनन्द माध्यमिक विद्यालय कृष्णगञ्ज वीरेन्द्रनगर-२, सुर्खेत / मो.नं.: ९८६६८९६३५९