शिक्षक आवश्यकता - श्री विजया माध्यमिक विद्यालय

Published Date: 2024-04-28
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Dullu, Dailekh, Karnali, Nepal
  • Company:
  • Type:
    Full Time
  • Shift:
    First Shift (Day)
  • Positions:
    2
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    May 13, 2024
  • Job Description

    शिक्षक आवश्यकता


    यस श्री विजया माध्यमिक विद्यालय दुल्लू नगरपालिका ७ खालिचाखा दैलेखको वि.व्य.स. को मिति २०८१/०१/११ को निर्णय र दुल्लू नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखा दैलेखले मिति २०८१/०१/१६ गतेको च.नं. २११४ को शिक्षक राखने अनुमति पत्र अनुसार माध्यमिक तह द्वितीय श्रेणी सो सरहको सरकारी अनुदान दरबन्दीको कक्षा ११/१२ मा रिक्त रहेको एम. एस्सी. गणित विषयको शैक्षिक योग्यता भएको एक जना र एम.एड वा सो सरहको शैक्षिक योग्यता भएको अंग्रेजी विषयको एक जनासमेत गरी दुई (२) जना शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले नेपाली नागरिकहरूमध्येबाट रित पूर्वकको दरखास्त दिनहुन १५ (पन्ध्र) दिने विज्ञापन प्रकाशन गरीएको छ। सो बमोजिम दरखास्त दिन हुन सूचित गरिन्छ ।

    तपसिलः


    १ विज्ञापन नम्बर: २०८०/०८१/०१

    २. दरखास्त दिने मितिः २०८१/०१/१६ देखि ३१ गतेसम्म ।

    ३। पद संख्याः २ (दुई)

    ४. पदः शिक्षक (कक्षा ११/१२ को लागि)

    ५. शैक्षिक योग्यताः मान्यता प्राप्त विश्वविद्यालयबाट एम.एस्सी. गणित विषयमा उत्तीर्ण शिक्षक एक (१) जना।

    ६. शैक्षिक योग्यताः मान्यता प्राप्त विश्वविद्यालयबाट एम.एड. अंग्रेजी विषयमा उत्तीर्ण शिक्षक एक (१) जना ।

    ७. उमेरः २१ वर्ष पूरा भइ ४० वर्ष ननाघेको ।

    ८. तह/श्रेणीः माध्यमिक द्वितीय सो सरह ।

    ९. तलब स्केलः नेपाल सरकारको माध्यमिक द्वितीय श्रेणी शिक्षकको प्राप्त अनुदान सो सरह हुनेछ ।

    १०. सेवाको किसिमः सरकारी शिक्षक अनुदान कोटा।

    ११. दरखास्त दस्तुरः २,५००/- (दुई हजार पाँच सय मात्र)

    १२. परीक्षाको किसिमः लिखित तथा अन्तरवार्ता ।

    १३. परीक्षाको पाठ्यक्रमः शिक्षक सेवा आयोगको माध्यमिक तहको शिक्षक छनौट परीक्षा ।

    १४. सम्पर्क मितिः २०८१/०२/०२ गते ।

    १५. परीक्षा हुने मितिः सम्पर्क मितिको दिन तोकिने छ ।

    १६. निवेदन साथ पेस गर्नुपर्ने आवश्यक कागजातहरू ।

    क. नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि २/२ प्रति ।

    ख. माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रमाणित प्रतिलिपि २/२ प्रति ।

    ग. शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि २/२ प्रति ।

    घ. व्यक्तिगत विवरण (बायो-डेटा) २/२ प्रति

    थप जानकारीका लागिः

    श्री विजया माध्यमिक विद्यालय

    दुल्लू-७, खालिचाखा, दैलेख/मोबाइल नं.: ९८५८०५१७५२

    VijayaMabi



    Source : Sajha Bisaunee Dainik
                 11 may, 2024



    x +