प्रस्तुत विषयमा शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतको मिति २०८१/०२/०७ गतेको च.नं. १३१४ को विज्ञापन अनुमति प्राप्त पत्र अनुसार तथा यस विद्यालयको मिति २०८१/०२/०२ गतेको विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार यस विद्यालयमा १ (एक) जना नि.मा.वि. तह तृतीय श्रेणी राहत कोटामा गणित/ विज्ञान विषयको शिक्षकको आवश्यकता परेकाले दरखास्त दिनका लागि विज्ञापन आह्वान गरिएको छ।
तपसिल: १. विज्ञापन नं .: ०१/०८०/०८१ २. संख्या: १ (एक) जना ३. तह: नि.मा.वि. (नि.मा.वि. तृतीय श्रेणी राहत कोटा) ४. विषयः गणित/विज्ञान ५. योग्यता: गणित/ विज्ञान विषयमा आइ.एस्सी. वा सो सरह उत्तीर्ण । ६. उमेर: १८ वर्ष पूरा भइ ४० वर्ष ननाघेको। ७. तलब स्केल: नेपाल सरकारको प्रचलित तलब स्केल अनुसार। ८.आवश्यक कागजात: नागरिकताको प्रमाणपत्र, योग्यताको प्रमाणपत्र र शिक्षक अनुमति प्रमाणपत्रको प्रतिलिपि। ९. परीक्षा: लिखित, मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक समेत। १०. दरखास्तको अन्तिम मितिः २०८१/०२/०७ देखि २०८१/०२/१३ गतेसम्म अस्थायी करार सूची योग्यता क्रममा रहेका उम्मेदवारहरु र खुल्ला आवेदनको लागि मिति २०८१/०२/१४ देखि २०८१/०२/२० गतेसम्म कार्यालय समयभिन्न। ११. सम्पर्क मितिः २०८१/०२/२१ गते ४:०० बजेसम्म। १२. परीक्षा मितिः सम्पर्क मितिमा तोकिने छ। १३. दरखास्त दस्तुर: रु. १,०००/ (एक हजार मात्र)