विद्युत नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिको सूचना - नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

Published Date: 2024-05-08
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Kathmandu, Bagmati, Nepal
  • Company:
  • Type:
    Full Time
  • Shift:
    First Shift (Day)
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    May 21, 2024
  • Job Description

    विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ५ बमोजिम विद्युत नियमन आयोगको रिक्त अध्यक्ष (एक) र तीन सदस्य (एक जना महिलासहित) पदमा नियुक्तिको लागि सोही दफामा तोकिए बमोजिम आवश्यक न्यूनतम योग्यता र अनुभव पूरा भएका इच्छुक उम्मीदवारहरुले उक्त ऐनको दफा ७ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र)
    दिनभिव (२०८१ जेट ९ गते कार्यालय समयभिव) यस मन्त्रालयको प्रशासन महाशाखामा तपसिल वमोजिमका कागजात तथा विवरण सहित आवेदन पेश गर्न सिफारिस समितिको मिति २०८११०१। २५ को निर्णय अनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।

    तपसिल:
    सि.नं. पद संख्या आवश्यक योग्यता
    विद्युत नियमन आयोगको अध्यक्ष १ जना विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ५(१)(क) अमोजिमको योग्यता हासिल गरेको र दफा ६ अमोजिम अयोग्यता नरहेको ।
    विद्युत नियमन आयोगको सदस्य ३ जना कमतिमा एक जना महिला विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ५-१ (ख) बमोजिमको योग्यता हासिल गरेको र दफा ६ बमोजिम अयोग्यता नरहेको


    १. विद्युत नियमन आयोग नियमावली, २०७५ को अनुसूची-१ वमोजिमको आवेदन (आवेदन साथ व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी र कार्य अनुभव पुष्ट्याई हुने कागजात), छुट्टै खाममा पेश गर्नुपर्नेछ ।

    २. विद्युत नियमन आयोग नियमावली, २०७५ को अनुसूची-२ बमोजिमको स्वघोषणा गर्नुपर्नेछ ।

    ३. रणनीति तथा कार्ययोजनाको ३ प्रति छुट्टै खाममा सिलबन्दी गरी पेश गर्नुपर्नेछ । रणनीति तथा कार्ययोजनाको ढाँचा र यस सम्बन्धी थप जानकारी सिफारिस समितिको सचिवालयबाट प्राप्त गर्न सकिनेछ ।

    ४. आवेदन पेश गरेका उम्मेदवारहरु मध्ये आवश्यक न्यूनतम शैक्षिक योग्यता र कार्यअनुभव पूरा गरेका उम्मेदबारहरुको दरखास्त स्वीकृत गरिनेछ। दरखास्त स्वीकृत भएका उम्मेदवारहरुले रणनीति र कार्ययोजनामा कम्तीमा पनि ५० प्रतिशत अंक प्राप्त गरेका उम्मेदवारलाई मात्र कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी गराइनेछ र उम्मेदवारहरुलाई कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता कार्यक्रमको जानकारी पछि गराइनेछ। अध्यक्ष र सदस्य छनौट गर्दा कम्तीमा एकजना महिला सहित समावेशी आधारमा गरिनेछ ।

    ५. अध्यक्ष र सदस्यको हकमा कम्तीमा एकजना महिला सहित उम्मेदवारको शैक्षिक योग्यताको विषय विधा फरक हुनेगरी योग्यताक्रमका आधारमा छनौट तथा सिफारिस गरिनेछ ।

    ६. आवेदन गर्दा आफूले आवेदन दिन चाहेको आवेदन (अनुसूची १ बमोजिम) मा विशिष्टिकृत क्षेत्र (१ मात्र) अनिवार्य रुपमा खुलाउनु पर्नेछ ।

    ७. उम्मेदवार छनौट सम्बन्धी आधार मापदण्ड र प्रकृया सिफारिस समितिले तय गरेबमोजिम हुनेछ ।

    ८. अध्यक्ष र सदस्यको पदावधि विद्युत नियमन आयोग ऐन २०७४ को दफा ८ बमोजिम ५ (पाँच) वर्षको हुनेछ ।

    ९. विद्युत नियमन आयोगका अध्यक्ष र सदस्यहरुको छनौट तथा सिफारिस सम्बन्धी अन्य व्यवस्था विद्युत नियमन आयोग ऐन, २०७४ तथा नियमावली, २०७५ तथा अन्य प्रचलित कानूनी व्यवस्था बमोजिम हुनेछ ।

    १०. यस सम्बन्धी थप जानकारी आवश्यक परेमा कार्यालय समयमा मन्त्रालयको प्रशासन महाशाखामा वा ०१-४२०००३३ मा सम्पर्क गर्न सकिनेछ ।
    x +