Company Detail

लिखु तामाकोशी गाउँपालिका
लिखु तामाकोशी गाउँपालिका
Member Since, May 07, 2024
धोबी बजार, रामेछाप बागमती प्रदेश, नेपाल
Login to View contact details
Login

About Company

लिखुतामाकोशी गाउँपालिकाको संक्षिप्त परिचय बागमती प्रदेश जनकपुर अञ्चल रामेछाप जिल्लामा अवस्थित लिखुतामाकोशी गाउँपालिका जिल्लाको तत्कालिन छ वटा गाविसहरू समेटी २०७३ फागुन २७ गतेको नेपाल सरकार, मन्त्रीस्तरीय निर्णयबाट पारित भई स्थापना भएको हो । यस गाउँपालिकामा समेटिएका साविकका छ गाविसहरू क्रमशः दुरागाउँ, सैपु, बिजुलीकोट, नागदह, खिम्ती र तिल्पुङ हुन् । यस गाउँपालिकाको कुल क्षेत्रफल १२४.५१ वर्ग किमि रहेको छ भने कुल जनसंख्या २९,९५९ रहेको छ । रामेछाप जिल्लाका ८ स्थानीय तहमध्ये हाल ७ वटा वडामा विभाजित यो गाउँपालिका जनसङ्ख्या (२९,९५९) का आधारमा २ नगरपालिका: मन्थली र रामेछाप तथा १ खाँडादेवी गाउँपालिका पछि चौथो ठूलो गाउँपालिका हो भने क्षेत्रफलको आधारमा सातौँ ठूलो गाउँपालिका हो ।  यस लिखुतामाकोशी गाउँपालिकाको पूर्वमा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका र खिजिदेम्बा गाउँपालिका, पश्चिममा यसै जिल्लाको मन्थली नगरपालिका र दोलखा जिल्लाको तामाकोशी गाउँपालिका, उत्तरमा यसै जिल्लाको गोकुलगङ्गा गाउँपालिका र उमाकुण्ड गाउँपालिका तथा दक्षिणमा मन्थली नगरपालिका र रामेछाप नगरपालिका यति चारकिल्ला सीमानाभित्र अवस्थित यो गाउँपालिका वनपैदावर, वन्यजडिबुटी, गिटी, ढुङ्गा, रोडा, बालुवा, स्लेट लगायतको प्राकृतिक स्रोत साधनले सम्पन्न रहेको छ भने कृषि क्षेत्रमा आलु, मकै, कोदो, धान, गहुँ, फापर, टिमुर, कागती, ओखर, कफी, सुन्तला, जुनार, तोरी लगायतका अन्नबाली तथा नगदेबालीको पकेट क्षेत्रका रूपमा विकास र विस्तार गर्न सकिने अत्यन्तै उर्वर भूमि रहेको छ भने पशु पालनमा पनि उत्तिकै प्रचुर सम्भावना रहेको छ ।  उत्तर–पूर्व र दक्षिण तीनै दिशाबाट लिखु नदीले रामेछाप र ओखलढुङ्गाको सीमाना छुट्याएको अर्थात् लिखु नदीले तीनै तिरबाट फेरो हालेकोले यस स्थानीय तहको नाम लिखु मात्र सिफारिस गरिएको हुँदा   २०७३ फागुन २७ गतेको नेपाल सरकार, मन्त्रीस्तरीय निर्णयबाट सुरुमा यस गाउँपालिकाको नाम लिखु मात्र रहेको थियो । नुवाकोट, ओखलढुङगा र सोलुखुम्बु जिल्लाका स्थानीय तहको नाम समेत सोही लिखु गाउँपालिका नामकरण गरिएकाले लिखु नदी आसपासका अन्य उक्त ३ जिल्लामा स्थानीय तहको एउटै नाम जुध्न गएको र यसै गाउँपालिकाको उत्तरमा तामाकोशी नदीको शीतल जलप्रवाहले सिंचित गरेको हुँदा २०७४ असार ३० को गाउँसभा बैठकबाट लिखुतामाकोशी नामकरण गर्ने र यस गाउँपालिकाको केन्द्र साविक बिजुलीकोटबाट धोवीबजार सार्ने निर्णय भए बमोजिम यस गाउँपालिकाको नाम लिखुतामाकोशी गाउँपालिका र हाल केन्द्र धोवीबजार रहन गई यस गाउँपालिकाको कार्यालय धोवीबजारमा अवस्थित छ ।

Job Openings

Company Detail

  • Is Email Verified
    No
  • Total Employees
  • Established In
  • Current jobs
    0