सूचना प्रविधि अधिकृत (IT Officer) आवश्कता ! - लिखु तामाकोशी गाउँपालिका

Published Date: 2024-05-07
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Ramechhap, Bagmati, Nepal
  • Company:
  • Shift:
    First Shift (Day)
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    May 21, 2024
  • Company Overview

    धोबी बजार, रामेछाप बागमती प्रदेश, नेपाल

    लिखुतामाकोशी गाउँपालिकाको संक्षिप्त परिचय बागमती प्रदेश जनकपुर अञ्चल रामेछाप जिल्लामा अवस्थित लिखुतामाकोशी गाउँपालिका जिल्लाको तत्कालिन छ वटा गाविसहरू समेटी २०७३ फागुन २७ गतेको नेपाल सरकार, मन्त्रीस्तरीय निर्णयबाट पारित भई स्थापना भएको हो । यस गाउँपा... Read More

    Job Description

    लिखु तामाकोशी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, धोबी बजार, रामेछापको लागि तपसिल बमोजिमको पदमा नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७५/०९/०९ को स्वीकृत दरबन्दी तेरिज बमोजिम लिखु तामाकोशी गाउँपालिकामा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७७ को दफा ३ बमोजिम मिति २०८०/०९/२८ को गाउँ कार्यपालिकाको निर्णयानुसार करार सेवामा खुला प्रतियोगितात्मक प्रतिस्पर्धा मार्फत पदपूर्ति गर्नु पर्ने भएकोले इच्छुक नेपाली नागरिकले तपसिलको बन्देज तथा शर्तहरुको अधीनमा रही लिखु तामाकोशी गाउँपालिकामा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७७ को अनुसूची-३ बमोजिमको ढाँचा (लिखु तामाकोशी गाउँपालिकाको वेवसाइट www.likhutamakoshimun.gov.np मा विद्युतीय सुशासन सेवा नमूना फारामहरुको प्राविधिक पदपूर्तिका लागि दरखास्त फाराम पिडिएफ डाउनलोड गरी) मा यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र (१५ औं दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट कार्यालय खुलेको दिन रीतपूर्वक दरखास्त आवेदन पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।

    विज्ञापन नं. पद/तह छनौट परीक्षाको किसिम माग पद संख्या
    ०१/२०८०/०८१ सूचना प्रविधि अधिकृत (IT Officer) लिखित, प्रयोगात्मक र अन्तर्वार्ता १ (एक जना)

    शर्तहरुः

    १. आवेदन दिने स्थानः लिखु तामाकोशी गाउँ कार्यपालिकाको कार्यालय, धोबी बजार, रामेछाप वा likhutamakoshi@gmail.com  मा आवश्यक सम्पूर्ण कागजात स्कान गरी दरखास्त आवेदन पेश गर्न सकिनेछ ।

    २. आवेदन दस्तरः रु.१०००।- अक्षरुपी एक हजार मात्र।

    ३. आवेदन दस्तुर बुझाउने स्थानः नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि., लिखु तामाकोशी शाखा खाता नं. ग १.१ आन्तरिक राजस्व खाता ०७००१४००२५००१६ मा नगद जम्मा गरी वा कार्यालयमा आई आवेदन दस्तुर दाखिला गरेको सक्कलै बैंक भौचर दरखास्त साथ पेश गर्ने पर्नेछ ।

    ४. शैक्षिक योग्यताः- लोक सेवा आयोगले लिने कम्प्युटर अधिकृत पदको न्यूनतम शैक्षिक योग्यता वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्प्युटर वा Information Technologies वा सो सरहको विषयहरुमध्ये कुनै एक विषय लिई स्नातक (BIT, BIM, BBIS, BCA, BCIS, BEIT, BSCIT, BSCCSIT) उत्तीर्ण गरेको ।

    ५. उमेरः पुरुष उम्मेदवारको हकमा २१ वर्ष उमेर पूरा भई ३५ वर्ष उमेर ननाघेको र महिला उम्मेदवारको हकमा २१ वर्ष उमेर पूरा भई ४० वर्ष उमेर ननाघे को हुनु पर्नेछ ।

    ६. करार सेवा अवधिः करार सम्झौताको मितिदेखि ६ (छ) महिनासम्म । प्रत्येक ६/६ महिनामा करार म्याद थप हुन सक्नेछ) ।

    ७. दरखास्त फाराम र बुझाउने स्थानः दरखास्त फाराम गाउँ कार्यपालिकाको कार्यालय, धोबी बजार, रामेछाप वा गाउँपालिकाको वेवसाइट likhutamakoshi@gmail.com बाट डाउनलोड गरी सम्पूर्ण विवरण भरी गाउँ कार्यपालिकाको कार्यालयमा पेश गर्नु पर्नेछ ।

    ८. तलब/सेवा सुविधाः प्रचलित कानुन बमोजिम गाउँ कार्यपालिकाले तोके बमोजिम ।

    ९. काम गर्नु पर्ने स्थानः लिखु तामाकोशी गाउँ कार्यपालिकाको कार्यालय, धोबी बजार, रामेछाप ।

    १०. छनौट परीक्षा मिति, समय र स्थानः दरखास्त आवेदन पेश गर्ने अन्तिम दिनको भोलिपल्ट १६ औं दिन कार्यालय समयमा फोन मार्फत जानकारी गराइनेछ । (दरखास्त फाराममा सम्पर्क नं. अनिवार्य राख्नु पर्नेछ ।

    ११. माथि उल्लेखित रीतपूर्वक पेश हुन नआएका दरखास्त आवेदन उपर कुनै कारबाही हुने छैन ।

    १२. अन्य केही थप जानकारीका लागि ९८४४३०२२३० मा कार्यालय समयमा सम्पर्क गरी बुझ्न सकिनेछ ।

    दरखास्त आवेदन साथ पेश गर्न' पर्ने कागजातहरुः -

    १. नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि

    २. शैक्षिक योग्यताका प्रमाण पत्रका प्रतिलिपि

    ३. कार्य अनुभव प्रमाण पत्रको प्रमाणित प्रतिलिपि

    द्रष्टव्यः छनौट परीक्षा अन्तर्वातामा सहभागी हुँदा दरखास्त आवेदन साथ पेश गर्नु पर्ने सम्पूर्ण कागजातको सक्कल प्रमाण पत्र साथमै लिएर उपस्थित हुनु पर्नेछ । अनुभवीलाई विशेष प्राथमिकता दिइनेछ ।
    x +