Company Detail

श्री बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लि
श्री बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लि
Member Since, Jun 18, 2024
Login to View contact details
Login

About Company

“थोरै भएपनि बचत गरौ” भन्ने उद्देश्य लिई सुर्खेत जिल्लाको तत्कालिन लाटिकोईली गा.वि.स.मा २०५६ मंसिर ४ गते गठन गरीएको एक समुह, जसमा आवद्ध ९ जना महिला र १६ जना पुरुषको अग्रसरतामा मिति : २०५७।०२।१२ गते सहकारी ऐन २०४८ अनुसार दर्ता भएको संस्था हो “बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लि.” । २५ जना सेयर सदस्यहरुबाट शुरुभएको सहकारी अभियान हाल कर्णाली प्रदेशको ४ जिल्लामा रहेका सेयर सदस्यहरुलाई उनीहरुको घरदैलोमा गई सानो सानो कर्जा, बचत, विमा तथा रेमिटान्स र वित्तिय साक्षरता सम्बन्धि कार्य गरी सदस्यहरुको आर्थिक तथा सामाजिक स्तर माथि उठाउन सफल भएको छ  । 
         कर्णाली प्रदेश अन्तरगत सुर्खेत, दैलेख, जाजरकोट र जुम्ला जिल्लाभर कार्यक्षेत्र रहेको यस सहकारी संस्थामा २०७७ असार मसान्तसम्ममा ११०५८ पुरुष र ४१,२७५ महिला गरी कुल ५२,३३३ जना सेयर सदस्यहरुको आवद्धता रहेको छ । संस्थामा कुल सदस्य संख्याको ८१ प्रतिशत महिला सदस्यहरुको सहभागिता रहेको छ । २०७७ असार मसान्तसम्ममा संस्थाको वासलातमा सम्पत्ति तथा जायजेथा रु. १ अर्व ९८ करोड ७८ लाख ५ हजार ५६ रुपैया रहेको छ । यस सहकारी संस्थामा आवद्ध सेयर सदस्यहरुको  १८ करोड ५६ लाख रुपैया सेयर पुजी रहेको छ भने ८३ करोड ३५ लाख  बचत बाकि रहेको छ । संस्थाले सेयर सदस्यहरुलाई विभिन्न प्रयोजनमा लगानी गरेको ऋण बाकि १ अर्व ६० करोड रुपैया रहेको छ । संस्थाले कर्णाली प्रदेश अन्तरगत रहेको अति दुर्गम स्थानहरुमा सेवा विस्तार गर्दै मध्ययम देखि अति विपन्न परीवारका सदस्यहरुलाई गुणस्तरीय वित्तिय सेवा प्रदान गर्दै आईरहेको छ । 
समाजमा छरीएर रहेको सानो सानो पुजीलाई बचत स्वरुप संकलन गरी उक्त पुजीलाई आयआर्जनको क्षेत्रमा परीचालन गर्दै यस क्षेत्रको आर्थिक संबृद्धिको लागि ठुलो सहयोग पुर्याएको छ । यस सहकारी संस्था स्थापना गरेको बौद्ध ग्रामीण दुग्ध डेरी उद्योग ले आ.ब. २०७६।७७ मा मात्र किसानहरुबाट  ८६ लाख ३९ हजारको दुध खरीद गरी  त्यसको बजारीकरण गर्न सफल भएको छ । गुणस्तरीय पिउने पानीको उपलब्धताको लागि बौद्ध ग्रामीण प्रशोद्यित खानेपानी उद्योग स्थापना गर्न सफल भएको छ । सदस्यहरुको सिप एवं क्षमता अभिबृद्धिका लागि विभिन्न रचनात्मक कार्य गर्दै आईरहेको यस सहकारी संस्थाले हाल कृर्षि क्षेत्रमा आवद्ध किसान सदस्यहरुको सिप एवं क्षमता अभिबृद्धि गर्नको लागि वी.न.न.पा ९ लाटिकोईलीमा करीब १० विगाह जमिन भाडामा लिई बिजी एग्रकल्चर एण्ड रिसर्च सेन्टरको स्थापना गरेको छ । जहा सेयर सदस्य किसानहरुलाई नया नया कृर्षि प्रविधि, कम लागतमा गुणस्तिरीय कृर्षि वस्तु उत्पादन गर्ने विधिका बारेमा प्रत्यक्षरुपले तालिम दिने र गाउमा रहेका बाझो जमिनमा उन्नत प्रविधिको प्रयोग गराई कृर्षिजन्य वस्तुको उत्पादन बृद्धि गर्ने रहेको छ । यसरी उत्पादित बस्तुहरुको भण्डारण गर्नको लागि शित भण्डार र बजारीकरणका लागि मण्डीको समेत व्यवस्था गर्ने उक्त फर्मको योजना रहेको छ ।

Company Detail

  • Is Email Verified
    No
  • Total Employees
  • Established In
  • Current jobs
    0