बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही वि.स. २०१० सालमा स्थापित निजी क्षेत्रको व्यवसायिक हकहित तथा संरक्षणमा कार्यरत एक अग्रणी संस्था हो। संघको सचिवालय संचालनका लागि कर्मचारी आवश्यकता भएकोले योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ।
पद: अधिकृत २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने।
शैक्षिक योग्यता : कम्तीमा व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक र निजी क्षेत्रको प्रवर्द्धन सम्बन्धि दुई वर्षको अनुभव भएको।
अंग्रेजी भाषा र आई टी मा दख्खल भएको।
नेपाल सरकारको राजस्व, भन्सार, व्यवसाय दर्ता, आर्थिक नीति सम्बन्धमा परामर्श प्रदान गर्ने र सो सम्बन्धि कार्यक्रम संचालन गर्न सक्ने ।
साना तथा मझौला व्यवसायलाई परामर्शका साथै उद्यमशीलता विकास सम्बन्धि अनुभव भएको ।
व्यावसाय विकास सेवा तथा सदस्यतामा आधारित व्यवसायिक संस्थाको कार्य अनुभव भएकालाई प्राथमिकता।
दरखास्त साथ अद्यावधिक व्यक्तिगत विवरण, शैक्षिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपी संलग्न गरी संघको कार्यालय वा ईमेल butwalcci@gmail.com मा सूचना प्रकाशन भएको ७ दिन भित्र पठाउनुहुन अनुरोध गरिन्छ।
बुटवल उद्योग वाणिज्य संघ रूपन्देही बुटवल ६. सुन्दरनगर, चेम्बर मार्ग